Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विपद पछिको एकिकृत पुनस्थापना परियोजनाको उपलब्धी : ‘पहिले तरकारी किन्ने किासन अहिले विक्रि गर्छन’

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ मंसिर २०७६, बिहीबार
in कृषि
0
169
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- २०७२ सालको विनासकारी भूकम्पको कारण घरविहिन भएका मन्थली नगरपालिका भित्रका केही सिमान्तकृत समुदाय लक्षित रहेको विपत्त पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रमले किसानहरुलाई आयआर्जनको बाटोमा डोहो¥याएको छ । सामुदायिक विकास समाज रामेछापद्धारा २०७३ साल देखि संचालित परियोजनाको बुधबार सामाजिक परिक्षणमा किसानहरुले परियोजना आए पछि आफूहरुलाई आयआर्जनको बाटो तर्फ डोहो¥याएको बताएका छन् ।

मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटकी किसान विष्णु माया माझीले भूकम्प पछि आएको परियोजनाले भूकम्पबाट पीडित भएका किसानलाई धेरै कुरा सिकाएको खुसीको कुरा सुनाउँदै भन्नुभयो–‘यो परियोजना आउनु भन्दा पहिला हामी तरकारी किनेर खान्थ्यौ तर अहिले हामी उल्टै बजारमा लगेर बेच्छौं । यसले हाम्रो आर्थिक अवस्थामा समेत सुधार देखिएको छ ।, त्यस्तै सिञ्चाईले कृषिमा सहयोग गरेको छ, त्यही कृषिबाट हामीले हाम्रो आयआर्जनको राम्रो बाटो भेटेका छौं, हामी यसलाई निरन्तरता दिन्छौँ ।’ परियोजनाले सिँचाई, कृषि, आवास पुनः निर्माण र समुदाय परिचालन मार्फत सिमान्तकृत समुदायलाई आयआर्जनमा टेवा पुग्ने गरी मन्थली नगरपालिकाको वडा नं ८ को जखनीटार, गाईखुरा र वडा नं ६ को सेलेघाटमा साँढे दुई वर्ष देखि गर्दै आएको काम यहि मंसिरमा सकिँदैछ ।

गाईखुरा, जखनीटार र सेलेघाटको खर्च पनि सार्वजनिक

सामुदायिक विकास समाजले उक्त परियोजना मार्फत साँढे दुई वर्षमा मन्थलीको दुई ओटै वडामा गरेको कामको प्रगति सहित खर्चको विवरण समेत परियोजना लागु भएकै ठाउँमा सार्वजनिक गरेको छ । परियोजनाले अगाडी सारेका काम सिँचाई, कृषि, आवास पुननिर्माण र समुदाय परिचालनको लागि जखनीटारमा ४४ लाख ६६ हजार रुपैयाँ खर्च गरेको परियोजनाका संयोजक सुकराम घिसिङले जानकारी गराउनुभयो । त्यस्तै गाइखुरामा खानेपानी सहित कृषि, सिँचाई, आवास पुननिर्माण तथा समुदाय परिचालनमा २६ लाख ९३ हजार रुपैयाँ र सेलेघाटमा समुदाय परिचालन, आवास पुननिर्माण र कृषिमा २६ लाख रुपैयाँ खर्च भएको पनि उहाँले जानकारी गराउनुभयो ।

परियोजनाले कार्यान्वयनमा ल्याएका योजनालाई निरन्तरता दिने जनप्रतिनिधिको प्रतिबद्धता

सार्वजनिक परिक्षण तथा परियोजना समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले परियोजनाले कार्यान्वयनमा ल्याइसकेका कामलाई स्थानीय सरकारले निरन्तर रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरभित्र सामुदायिक संस्थाले सुरु गरेका कामलाई नगरपालिकाले निरन्तर रुपमा अगाडी बढाउने बताउनुभयो ।

Share146Tweet10Share3

Related Posts

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ
कृषि

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ

१२ मंसिर २०७६, बिहीबार
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित
आधारभूत

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित

१२ मंसिर २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१२ मंसिर २०७६, बिहीबार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

१२ मंसिर २०७६, बिहीबार
प्रितीमा ट्याक्टर पल्टिदाँ सुनुवारको ज्यान गयो
कृषि

प्रितीमा ट्याक्टर पल्टिदाँ सुनुवारको ज्यान गयो

१२ मंसिर २०७६, बिहीबार
कृषि ज्ञान केन्द्रको कार्यक्रममा सरकार प्रमुखकै बेवास्ता
आधारभूत

कृषि ज्ञान केन्द्रको कार्यक्रममा सरकार प्रमुखकै बेवास्ता

१२ मंसिर २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.