Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका पोल्ट्री व्यवसायिको गुनासोः ‘बार्षिक करोड माथी घाटा छ, तर अण्डा उत्पादन गरीरहेका छौं’

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ पुष २०७६, बिहीबार
in कृषि
0
94
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापका पोल्ट्री व्यवसायिहरुले आफूहरुलाई वार्षिक झण्डै दुई करोड घाटा हुँदा पनि नियमित रुपमा अण्डा उत्पादन गरीरहेको गुनासो गरेका छन् । विहिबार सातौ राष्ट्रिय पोल्ट्री दिवसमा आयोजित कार्यक्रममा आफूहरुलाई अण्डा उत्पादन गरेर विक्री गर्दा बार्षिक रुपमा १ करोड ८७ लाख २४ हजार बराबर घाटा हुने गरेको बताएका हुन् ।

अण्डा उत्पादक संघ रामेछापका सचिब सुनिल रायले जिल्लामा अण्डाका लागि पालिएका लेयर्स जातका ३८ हजार कुखुराहरुबाट दैनिक ३४ हजार २ सय वटा अण्डा उत्पादन हुँदा बार्षिक १ करोड २४ लाख ८३ हजार अण्डा उत्पादन हुने गरेको बताउनुभयो । तर प्रति गोटा ९ रुपैयाँ देखि ९ रुपैया पचास पैसा सम्ममा बिक्रि गर्दा उत्पादन खर्चका हिसाबले प्रतिदिन ५१ हजार ३ सय रुपैयाँ घाटा हुँदा बार्षिक रुपमा १ करोड ८७ लाख २४ हजार पाँच सय रकम बार्षिक घाटा खेप्नु परेको उहाँको गुनासो रहेको छ ।

कार्यक्रममा बोल्दै रामेछाप अण्डा उत्पादक संघका अध्यक्ष सुमन श्रेष्ठले रामेछाप र मन्थली नगरपालिका अण्डामा आत्मनिर्भर भएपनि पालिका स्तरबाट अण्डाको उपयोगिताको बारेमा जनचेतना फैलाउन नसकेको, अण्डा उत्पादकहरुलाई कुनै किसिमको सहयोग तथा कार्यक्रम दिने नगरेको आरोप लगाउनुभयो । उहाँले हाल अण्डाको उत्पादन लागत नउठ्दा अण्डा उत्पादक किसानहरु निराश हुनुपरेको गुनासो गर्नुभयो । उहाँका अनुसार अण्डा उत्पादनका लागि प्रतिगोटा ११ रुपैयाँ लागत पर्ने भएपनि बिक्रि मुल्य ९ रुपैया ५० पैसा मात्र हुँदा समस्या भैरहेको छ ।

संघले दिवसको अवसर पारेर रामेछाप जिल्लामा रहेका बिभिन्न अस्पतालका सुत्केरी तथा बिरामीहरुलाई १/१ क्रेट अन्डा बितरण गरेको छ । मन्थली प्राथामिक स्वास्थ केन्द्रमा रहेका सुत्केरी महिलाहरुलाई अण्डा दिएर कार्यक्रमको उद्घाटन मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताल र तामाकोशी सहकारी अस्पतालका १९ जना बिरामी र उनीहरुका आफन्तलाई प्रति ब्यक्ति ३०÷३० वटाका दरले अण्डा बितरण गरिएकोे थियो ।

अण्डा उत्पादक संघ आर्थिक संकलन गर्ने मात्र नभएर सामाजिक कार्यमा पनि सकृय रहेको जानकारी दिन र बिरामीहरुलाई आबश्यक पर्ने हरेक खालको भिटामिन प्राप्त हुने तथा सबै प्रकारका बिरामीहरुले अण्डाको उपभोग गनुपर्ने सन्देस दिन यो कार्यक्रम आयोजना गरिएको संस्थाका सदस्य भिम कुमार श्रेष्ठले बताउनुभयो । संघले जिल्लामा रहेका व्यवसायिहरुले सस्तोमा गुणस्तरहिन अण्डा खरिद ल्याउने गरेकाले त्यस तर्फ सजग रहन पनि उपभोक्ताहरुलाई अनुरोध गरेको छ ।

Share38Tweet24Share7

Related Posts

रामेछापमा लम्पीका कारण ६ सय ७७ पशु मरे, साँढे २८हजार प्रभावित 
कृषि

रामेछापमा लम्पीका कारण ६ सय ७७ पशु मरे, साँढे २८हजार प्रभावित 

१७ पुष २०७६, बिहीबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

१७ पुष २०७६, बिहीबार
मन्थली नगरद्धारा १ सय ७० किसानलाई भैंसि सुत्केरी भत्ता वितरण
कृषि

मन्थली नगरद्धारा १ सय ७० किसानलाई भैंसि सुत्केरी भत्ता वितरण

१७ पुष २०७६, बिहीबार
वडा कार्यालयद्धारा किसानलाई खानेपानी ट्याङ्की वितरण
आधारभूत

वडा कार्यालयद्धारा किसानलाई खानेपानी ट्याङ्की वितरण

१७ पुष २०७६, बिहीबार
मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ
कृषि

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ

१७ पुष २०७६, बिहीबार
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित
आधारभूत

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित

१७ पुष २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.