रामेछाप- देशमा कोरोनाको त्रासँगै ब्यापार ब्यावसायमा आएको गिरावट बढि रहेको बेला जिल्लाको पोल्ट्री ब्यवसाय संकटमा परेका छन् । कोरोनाको हल्लासंगै आफ्नो फर्ममा उत्पादित चल्ला र मासु विक्रि हुन छाडेपछि जिल्लाका पोल्ट्री व्यवसायिहरु संकटमा परका हुन् ।
जिल्लामा एउटा ह्याचरी उद्योग र दर्जनौको संख्यामा पोल्ट्री फर्म संचालनमा रहेका छन् । यसरी संचालित सबै फर्म ऋणका भरमा चल्दै आएका र ब्यावसायमा गिरावट आएपछि आफूहरुलाई ऋणको ब्याज तिर्न समेत समस्या भएको उनिहरुको गुनासो रहेको छ । कोरोनाको हल्ला संगै कुखुराको मासु र चल्ला विक्री हुन छाडेपछि आफूहरुको ब्यवसाय चौपट भएको नेसनल पोल्ट्री फर्म विटारका संचालक रुद्र श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘कहिले भूकम्प, कहिले भारतिय नाकाबन्दी त कहिले कोरोनाको संभावित संक्रमण आदीको हल्लानै आफूहरुको लागि अभिषाप बनेको छ ।’
कुखुराको मासु तथा अण्डाको माग बढेसँगै त्यस खालको ब्यावसायबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समयमा पोल्ट्री ब्यवसाय तर्फ युवाहरु आर्कषित हुँदै आएका थिए । जसका कारण सबैजसो पोल्ट्री फर्म, दाना उद्योग र दानाको पसल समेत युवाहरुको बर्चस्वमा संचालित रहेको छ ।
व्यवसायि श्रेष्ठले थप्नुभयो– ‘संभावित कोरोना संक्रमणको हल्लासंगै बैंकहरुले आफूहरुलाई ब्याज असुलिमा समेत कडाई गरेको गुनासो पनि उनिहरुले गरेका छन् । मुलुकमा पटक–पटक संकट पर्दै आएको बेलमा राज्यलाई सहयोग गर्नु हाम्रो पनि कर्तब्य हो । तर पुर्ण रुपमा ऋण लिएर ब्यवसायमा निर्भर बनेका ब्यवसायीहरुको अवस्थालाई सरकारले बास्ता गरेन । जसका कारण हामी जस्ता दर्जनौको संख्यामा रहेका ब्यवसायीहरु अप्ठेरो अवस्था ब्यहोर्न बाध्य छौ ।’
हुन त मन्थली र रामेछापको बजारमा अहिले कुखुराको मासुको मुल्य प्रति केजि ३ सय ८० रहेको छ । तर मासुको खपतनै नभएपछि त निर्धारित मुल्यले मात्र धान्ने अवस्था आउँदैन । मासु र चल्लाको बजारमा आएको भारी गिरावट आए संगै संचालकहरुले धमाधमा जिउँदा चल्ला खाडलमा हालेर गाँड्न थालेका छन् । जसको प्रमाण स्वरुप रामेछाप नगरपालीका ८ विटारमा रहेको नेशनल पोल्ट्री फर्मले शुक्रबार मात्रै एकहजार ५ सय चल्ला खाल्डोमा पुरेर नष्ट गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया