Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना असरः रामेछापमा एकै दिन २५ लाख बराबरको चल्ला र अण्डा नष्ट

बद्री नयाँघरे बद्री नयाँघरे
९ चैत्र २०७६, आईतवार
in कृषि
0
580
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा त्रास बढेको छ । कोरोनाले आम नागरिकलाई त्रासित बनाएसँगै साना व्यवसाय देखि ठूला व्यवसायलाई समते ठूलो असर परेको छ । कोरोना भाइरसको महामारी जिल्लामा पनि फैलिन सक्ने भन्दै पोल्ट्री व्यवसायिले जिल्लामै उत्दान गर्दै आएको अण्डा र चल्ला नष्ट गरेका छन् ।

कोरोनाको हल्लाले मानिसलाई त्रासित बनाएपछि जिल्लाको एक मात्र ह्याचरी उद्योगले आइतबार ६० हजार अण्डा र १५ हजार चल्ला नष्ट गरेको छ । रामेछाप नगरपालीकाको बडा नं ६ मा रहेको नेशनल पोल्ट्री फर्मले १५ हजार जीवित चल्ला र ६० हजार अण्ड एकै पटक नष्ट गरेको हो ।

कोरोना संन्त्रासका कारण मासु उपभोग गर्ने उपभोक्ता र चल्ला लैजानै किसानहरुमा गिराबट आएसँगै अण्डा र चल्ला विक्रि हुन छोडेपछि लाखौ घाटा खाएर चल्ला र अण्डा एक मुष्ट रुपमा नष्ट गर्नु परेको फर्म सञ्चालक रुद्र श्रेष्ठले बताए ।     उनले भने – ‘विश्वमा यत्रो ठूलो संकट आएको छ । नेपालमा पनि त्यहि हल्लाले धेरै मानिसहरु आफ्नो सुरक्ष तिर लागीसके । हामीले उत्पादन गरेका चल्ला र अण्डा खरिद गर्न केही पनि आउँदैनन् । चल्ला पालेर राख्दा थप लागत बढ्ने तर बिक्रि नहुने भएपछि नष्ट गर्नु नै उत्तम ठानेर नष्ट गरियो ।’ फर्ममा श्रीलंका देखि अण्डाका लागि ल्याईएका चल्ला पनि हजारौको संख्यामा रहेको र उक्त चल्ला आउने क्रम कोरोनाको सन्त्राससंगै रोकिएको पनि उनले बताए ।

श्रेष्ठका अनुसार नष्ट गरिएको अण्डा र चल्लाको मूल्य २३ लाख भन्द बढी रहेको छ । सदरमुकाम मन्थलीमा रहेका मेहनती युवाहरुको समूहले करिव ६ बर्ष अघि देखि संचालनमा ल्याएको उक्त फर्ममा हाल सम्म करिब ९ करोड माथी लगानी भैसकेको छ । जसमध्ये ५ करोड रुपैयाँ बैकको ऋण र बाँकि रकम आफूहरुले लगानी फर्म संचालकको भनाई रहेको छ ।

यसरी संचालित सबै फर्म ऋणका भरमा चल्दै आएका र ब्यावसायमा गिरावट आएपछि  आफूहरुलाई ऋणको ब्याज तिर्न समेत समस्या भएको  ब्यवसायिहरुको गुनासो गुनासो छ ।  संभावित कोरोना संक्रमणको हल्लासंगै बैकहरुले आफूहरुलाई ब्याज असुलिमा समेत कडाई गरेको गुनासो पनि उनीहरुले गरेका छन् । मुलुकमा पटक–पटक संकट पर्दै आएको बेलमा राज्यलाई सहयोग गर्नु आफूहरुको पनि कर्तब्य भएको उनिले बताए । तर पूर्ण रुपमा ऋण लिएर ब्यवसायमा निर्भर बनेका ब्यवसायिहरुको अवस्थालाई सरकारले नहेर्ने हो भने आफुहरु विस्थाति भएर टाट पल्टने अवस्थामा पुगेको उनिहरुको भनाई रहेको छ ।

कोरानाकै कारण बन्द हुने अवस्थामा पुगेको ह्याचरी संचालकलाई मात्रै घाटा लागेको छैन् । दैनिक १५–१६ जनाले आफ्नै गाउँमा पाएको रोजगारी समेत गुम्ने भएको छ ।

Share459Tweet50Share14

Related Posts

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ
कृषि

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ

९ चैत्र २०७६, आईतवार
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित
आधारभूत

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित

९ चैत्र २०७६, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

९ चैत्र २०७६, आईतवार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

९ चैत्र २०७६, आईतवार
प्रितीमा ट्याक्टर पल्टिदाँ सुनुवारको ज्यान गयो
कृषि

प्रितीमा ट्याक्टर पल्टिदाँ सुनुवारको ज्यान गयो

९ चैत्र २०७६, आईतवार
कृषि ज्ञान केन्द्रको कार्यक्रममा सरकार प्रमुखकै बेवास्ता
आधारभूत

कृषि ज्ञान केन्द्रको कार्यक्रममा सरकार प्रमुखकै बेवास्ता

९ चैत्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.