Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँको सम्वृद्धिमा  सिडिएसको काम, कर्म  गर्दै कमाउँ दाम

बद्री नयाँघरे बद्री नयाँघरे
७ जेष्ठ २०७७, बुधबार
in कृषि
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– स्थापनाकाल देखिनै विपन्नको पक्षम काम गर्दै आएको जिल्लाको गैर सरकारी संस्था सामुदायिक विकास समाजले पछिल्लो पटक पनि आफ्नो आभियानलाई निरन्तरता दिंदै आएको छ । जस अनुसार संस्थाले मंगलबार खाँडादेवी गाउँपालिका वडा नं ७ को तीन गाउँका ८७ विपन्न परिवारलाई लक्षित गरि उनिहरुको दीर्घकालिन संम्बृद्धिको लागि दुई हजार तीन सय वटा कागति र किविको विरुवा वितरण गरेको छ ।

कोरोना संक्रमणको त्रासका कारण मुलुक लकडाउनमा रहेको बेला गाउँमा आएका युवाहरु बेरोजगार भएका र उनिहरुले छोटो समयमा आफ्नै मेहनतबाट स्वरोजगार बनाउन सकियोस भन्नका लागि सिडिएसले सो गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ्गको रोहबरमा उच्च जातिको फलको रुपमा परिचित कागति र किविको विरुवा वितरण गरेको हो ।

अभियान अन्र्तगत संस्थाले वडा नं ७ कोे चोप्राङ्ग, धार्जुग र दबुरडाँडाका ८७ घर परिवारलाई  २ हजार १ बोट किवि र ३ सय १० बोट कागतिको विरुबा पालिकाको समेत अपनत्व रहने गरि अध्यक्ष प्रेम तामङ्गको हातबाट उपलब्ध गराएको हो  । कोभिड –१९ का कारण रोजगार गुमाएर गाउँमा बसेका युवाहरुलाई स्थानीय स्तरमा स्वरोजगार बनाउँदै  गाउँको सम्बृद्धि संगै जोड्ने संस्थाको लक्ष्य अनुरुप स्थानीय स्तरमानै उत्पादीत विरुवा वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ्गले जानकारी गराए । जस अन्र्तगत लकडाउनका कारण दैनिक जिविको पार्जनमा समस्या भएका ११ घर विपन्नलाई पनि संस्थाले खाडल खन्ने काममा सहयोग गरेबापत प्रतिधुरि २ हजार पाँच सयका दरले नगद समेत प्रदान गरेको छ ।

सहयोगी संस्था टिडिएच जर्मनीका देशिय निर्देशक श्याम कृष्ण श्रेष्ठ र वडा अध्यक्ष असल सिं तामाङ्ग सहित विरुवा हस्तान्तरण कार्यकममा उपस्थिति भएका गाउँपालिकाका अध्यक्ष पे्रम तामाङ्गले यस अघि पनि विपन्नको पक्षमा कृयाशिल सिडिएसले आफ्नो पालिकामा पनि प्रत्यक्ष रुपमा देखिने खालका काम गर्दै पालिकाको संबृद्धिमा सहयोग गर्दै आएकोमा धन्यवाद दिएका थिए । उनले यस्तै खालका अन्य गैर सरकारी संस्थाहरुलाई पनि गाउँमा आएर विपन्नको पक्षमा काम गर्न र त्यसका लागि आवस्यक सहयोग गर्न  पालिका तयार रहेको बताए ।

यस अघिका वर्षहरुमा पनि विपन्नहरुको बस्तिमा पुगेर शिक्षा स्वास्थ र खानेपानी जस्ता नागरिकहरुको प्रत्यक्ष संबृद्धिसंग जोडिएको काममा कृयाशिल सिडिएसले  स्थानीय सरकारले पनि सहयोग गरेमा जिल्लाका अन्य पलिकालाई पनि संस्थाले अभियानमा जोड्न सक्ने बताए । टिकाउ र आम्दानीको हिसाबले पनि महत्वूर्ण र छोटो समयमा आम्दानी दिन सफल हुने र त्यसबाट युवाहरुमा उत्साह जगाउन सजिलो होस भन्नका लागि संस्थाले सो जातका विरुवा बितरण गरेको पनि निर्देशक घिसिङ्गले जानकारी दिए ।

Share70Tweet16Share4

Related Posts

कठजोरमा कोदो रोपेर राष्ट्रिय कोदो दिवस मनाइयो
कृषि

कठजोरमा कोदो रोपेर राष्ट्रिय कोदो दिवस मनाइयो

७ जेष्ठ २०७७, बुधबार
पहिरो पिडितलाई काँग्रेसले दियो राहत स्वरुप हलगोरू
कृषि

पहिरो पिडितलाई काँग्रेसले दियो राहत स्वरुप हलगोरू

७ जेष्ठ २०७७, बुधबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

७ जेष्ठ २०७७, बुधबार
मन्थलीमा कृषि तथा लघु उद्यम प्रर्दशनिको उद्घाटन 
कृषि

मन्थलीमा कृषि तथा लघु उद्यम प्रर्दशनिको उद्घाटन 

७ जेष्ठ २०७७, बुधबार
“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ
कृषि

“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ

७ जेष्ठ २०७७, बुधबार
मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको ¥याली
कृषि

मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको ¥याली

७ जेष्ठ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.