रामेछाप ३ माघ । नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गरेको प्रति नेपाल डेरी यसोशियसन का पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।
यसोशियसनले शनिवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकारले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानीे (एफ डि आई) खुल्ला गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।
सो अवसरमा यसोशियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले स्वदेशी कृषि क्षेत्रलाई वढि प्रमोट गर्नु पर्नेमा बिदेशी लागानीलाई खुल्ला गर्दा विदेशी कम्पनीहरुले स्वदेशी कम्पनीहरुलाई माथि उठन नदिने र कृषहरु त्यसको मारमा पर्ने बताउनु भयो ।
नेपाल डेरी एसोशियसनका वागमति प्रदेश सदस्य एबं मन्थलीका चिरन्जीवी डेरी सञ्चालक भानु भक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै एसोशियसनका महासचिव प्रह्लाद दाहाले वर्तमान सरकारले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशीक लगानी खुल्ला गर्न नहुने भन्दै यसले सबै खाले कृषक उद्योगि ब्यापारी र उपभोक्तालाई समेत समस्यामा पार्ने बताउनु भयो ।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरु नेपाल डेरी एसोशियसन का केन्द्रीय र प्रदेश स्तरका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया