Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्ना शेयर सदस्यको मन जित्ने प्रयासमा साहारा बचत

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०७६, बुधबार
in कारोबार, समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

१ असोज, २०७६

मन्थली- ग्रामिण स्तरमा बसोबास गर्ने विपन्न र महिलाहरुको आर्थिक तथा सामजिक स्तर उकास्ने मुख्य लक्ष्यका साथ १४ वर्ष अघि स्थापना भएको साहारा बचत तथा क्रण सहकारी संस्थाले वडा स्तरमा पुगेर आफ्ना शेयर सदस्यको मन जित्ने प्रयास थालेको छ । आगामी असोज २९ गते मन्थलीमा हुन लागेको १४ औँ साधारणसभाबाट संस्थालाई कसरी थप अब्बल बनाउन सकिन्छ भन्ने उदेश्यले संस्थाले शेयर सदस्य आवद्ध ५ वटा पुर्व गाउँ विकास समितहरुमा पुगेर मन जित्ने प्रयासको थालनी गरेको हो ।

जस अन्तरगत संस्थाले बुधबार साविकको मन्थली गाविसका शेयर सदस्यहरुको भेला गरि आगामी साधारण सभाको तयारी र त्यसका लागि संचालक समितिले खेल्नु पर्ने भूमिकाको बारेमा राय तथा सुझाब लिएको छ । भेलामा संस्थाको हालको आर्थिक अवस्था, सदस्यता बिस्तार, ऋण लगानी र असुली प्रक्रियामा सुधार गर्नु पर्ने विधि, संचालक समिति र कर्मचारीहरुको व्यवहार आदिका बारेमा पनि छलफल भएको छ । छलफल सँगै संस्थाले तयारी फारम वितरण गरि आफ्नो राम्रा र नराम्रा पक्षका बारेमा पनि लिखित राय संकलन गरेको छ ।

अबिरल वर्षादका बाबजुद पनि करिव ३ सय जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त तयारी भेलामा संस्थाको समग्र अवस्थाका बारेमा अध्यक्ष मिलन कुमार घिसिङ्गले प्रकाश पार्नु भएको थियो । उहाँले संस्थाको स्थापना काल देखि हाल सम्म संस्थाले खेलेको भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका सचिव बलराम लामाले कार्यक्रमको संचालन तथा विषय प्रवेश गराउनुभएको थियो ।

संस्थाका कोषाध्यक्ष शिवराज श्रेष्ठले संस्थाको आर्थिक विवरण पेश गर्दै ४ हजार ६ सय बचत सदस्य रहेको उक्त सहकारीमा शेयर सदस्य ३ हजार ३ सय ४८ जना रहेको जानकारी गराउनु भएको थियो । संस्थाले गत आर्थिक वर्षमा २६ लाख ४९ हजार ३ सय दश रुपैयाँ खुद मुनाफा कमाएको छ भने संस्थाको शेयर पुँजी एक करोड ५३ लाख पाँच हजार रहेको छ । संस्थामा एक हजार छ सय ३० जना महिला र एक हजार ७ सय १४ जना पुरुष रहेका छन् । संस्थाले एक वर्षमा दुई करोड ३४ लाख २० हजार ७ सय रुपैयाँ आम्दानी गरेको विवरण कोषाध्यक्ष शिवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष श्रेष्ठले क्रण लगानी र असुली संगै बचतको अवस्था र त्यसको विकासमा शेयर सदस्यहरुलाई पनि उत्तिकै चनाखो भएर लाग्नका लागि आग्रह गर्नु भएको छ ।

बुधाबार मन्थलीमा सदस्यहरुको भेला गरेको संस्थाले असोज ३ गते भैरबी मावि सुनारपानी, ४ गते गैयाश्वरी आधारभूत विद्यालय सुकाजोर, ५ गते रामेछापको झगरेचौर र ६ गते भलुवाजोरको हुलाकडाँडा मा भेला गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

Share17Tweet11Share3

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

१ आश्विन २०७६, बुधबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

१ आश्विन २०७६, बुधबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१ आश्विन २०७६, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१ आश्विन २०७६, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१ आश्विन २०७६, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१ आश्विन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.