Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरणको नाफा एक वर्षमा एक कारोड ४१ लाख

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ आश्विन २०७६, आईतवार
in कारोबार
0
298
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले गत आर्थिक बर्षमा झण्डै साँढे एक करोड नाफा कमाएको छ । आर्थिक वर्ष २०७५/७६ मा संस्थाले १ करोड ४१ लाख ६ सय ४७ रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

संस्थाको शनिबार मन्थलीमा सम्पन्न २१ औं बार्षिक साधारण सभाका अबसरमा कोषाध्यक्ष जगन्नाथ दाहालले पाँच हजार नौं सय ९ जना शेयर सदस्यहरु मार्फत संकलन गरिएको २५ करोड ३४ लाख १९ हजार ५९ रुपैया बचत र ३ करोड ६३ लाख ४६ हजार ६ सय शेयर पुँजी मध्ये २६ करोड ११ लाख ४६ हजार ६ सय ३३ रुपैया ऋण लगानीबाट प्राप्त ब्याज र अन्य आम्दानी सहित उक्त नाफा भएको बताउनुभयो ।उहाँले हाल सम्म संस्थाको ३६ करोड १२ लाख १४ हजार ६ सय १६ रुपैयाँको कारोबार एबं संम्पत्ति रहेको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा संस्थाका सचिब सोमेश थापाले नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई गत आर्थिक बर्षमा नेफ्स्कुन दोलखा फिल्ड कार्यालयले उत्कृष्ठ बचत कारोवार गर्ने संस्थाका रुपमा सम्मानित गरेको, संस्था एक्सेस ब्राण्डमा जाने तयारी भैरहेको र चालु आर्थिक बर्ष देखि संस्थाका शेयर सदस्यहरुलाई १७ प्रतिशत शेयर लाभांस दिने गरी गत बर्षको तुलनामा शेयर लाभांसको प्रतिशत बृद्धि गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले ऐन नियम अनुसार नचल्ले जुनसुकै सहकारीलाई पनि कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले सहकारीका शेयर सदस्यहरुले कृषि उपज उत्पादन गरे भने त्यस्ता बस्तुहरु बक्रिका लागि बजार खोज्ने जिम्मा नगरपालिकाले लिने बताउँदै सहकारीका सदस्यहरुले त्यता तिर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा शिर्षका ऋण लाने तर अर्कै शिर्षकमा खर्च गर्ने गर्दा उत्पादन सँग सहकारी नजोडिने गरेको आरोप लगाउनुभयो । हामीले हाम्रा खाद्य पदार्थ छिमेकी मुलुक बाट ल्याएर खानुपर्ने बाध्यतालाई हटाउन सके मात्र सहकारी उत्पादनसँग जोडिने नगर प्रमुखको धारणा रहेको छ ।

कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठ, जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक प्रज्ञान खड्का, जिल्ला युवा समिातिका अध्यक्ष प्रकाश कुमार कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशब घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए । संस्थामा रिक्त रहेका पदहरुमा साधारण सभा मार्फत पुर्ति गर्नुका साथै गत आर्थिक बर्षको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना साधारण सभाले पास गरेको छ ।

२१ औं बार्षिक साधारणसभाकाे उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले ब्यानरमा हस्ताक्षर गरेर गर्नुभएको थियो ।

Share246Tweet22Share6

Related Posts

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

५ आश्विन २०७६, आईतवार
नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन
कारोबार

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

५ आश्विन २०७६, आईतवार
बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए
कारोबार

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

५ आश्विन २०७६, आईतवार
रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी
कारोबार

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

५ आश्विन २०७६, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

५ आश्विन २०७६, आईतवार
रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति
कारोबार

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

५ आश्विन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.