मन्थली– नवजारगरण बचत तथा ऋण सहकारी संस्थाले रामेछापका पत्रकार रमेश ढुंगेल सहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संस्थाले आफ्नो २१ औ बार्षिक साधारण सभाको अबसर पारेर संस्थाको बिभिन्न गतिबिधि एबं समाचार प्रकाशन, प्रसारण तथा सञ्चार कार्यमा अतुलनिय योगदान पु¥याएको भन्दै नगद पाँच हजार सहित दोसल्ला र प्रसंसा पत्रले सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष समेत रहनु भएका ढुंगेललाई मन्थली नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेत र संस्थाका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा सम्मान गर्नुभएको छ । त्यस्तै संस्थाका ब्यवस्थापक रमेश उदाश पनि उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित एबं पुरस्कृत हुनुभएको छ । त्यसैगरी संस्थाले ४ जना असल बचत कर्ताहरु, ३३ जना असल शेयर सदस्यलाई सम्मान गरेको छ । ३६ जना शेयर सदस्यका बालबालिकाहरुलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
संस्थाले आफ्नो छाता संस्था रामेछाप बचत तथा ऋण सहकारी संस्था लाई १ थान स्टील दराज, १÷१ थान टेवुल–कुर्सी सहित ३५ हजार बराबरको सामाग्री कार्यक्रमका अबसरमा हस्तान्तरण गरेको छ । सहकारी संस्थाले गत आर्थिक बर्षमा सम्पन्न संस्थाको २० औ साधारण सभाका अबसरमा नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई १ सेट कम्प्युटर हस्तान्तरण गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया