दाङ्ग, ४ वैशाख ।
एनएमबी बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान, २०७६ अन्तर्गत आफ्नो ‘एक घर एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै ‘सबैका लागि बचत, सधैंका लागि साहरा’ भन्ने नारासहित बैंकले खाता सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकारको ‘खोलौ बैंक खाता’ अभियानमा साथ दिन एनएमबिले पनि देशैभरका शाखामार्फत यस्तो अभियान थालेको बैंकका कर्णाली प्रदेश मेनेजर कृष्ण पाठकले जानकारी दिए ।
यो अभियान अन्तर्गत एनएमबि बैंकमा खोलिने प्रत्येक खातामा बैंकले १ सय रुपैयाँ जम्मा गरिदिनेछ । खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिनेछ ।
खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, मिर्गौला निस्कृयता, लिभरको रोग, मस्तिस्क घात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाला या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँसम्मको बीमा रकम उपलब्ध गराइनेछ ।
यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क डिम्याट खाता, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटीएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटीएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेका छन् ।
‘एनएमबि सबैको सहारा बचत खाता’ अभियान बारे जानकारी दिन बुधबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनएमबी बैंकका प्रदेश तहका मेनेजरहरु उज्वल रिजाल, कृष्ण पाठक लयायतको उपस्थितिको साथ सु-सम्पन्न भएको कुरा एनएमबि बैंक तुल्सीपुर शाखा प्रमुख सन्तोष आचार्यले जानकारी गराउनुभयो।
यो बारेमा तपाईको प्रतिकृया