Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘सहकारीले ऋण लगानी गरेर मात्रै समृद्धी आउँदैन’ : नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
२३ कार्तिक २०७६, शनिबार
in कारोबार
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगर भित्र कार्यक्षेत्र बनाएर काम गरीरहेका सहकारीहरुले ऋण लगानी गरेर मात्रै समृद्ध नगर बन्न नसक्ने दाबी गर्नु भएको छ । फरक क्षमता भएका व्यक्तिहरुद्धारा संचालित कोशिश कृषि सहकारी संस्था लिमिटेड मन्थलीको शनिबार छैठौं बार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख बस्नेतले नगर भित्र रहेका सहकारीहरुले आफ्नो उद्देश्यमा भएका काम भन्दा पनि ऋण लगानी गरेर बढी नाफा कमाउन सकिने उद्देश्य राखेर आफ्नो कारोबार गरीरहेकाले त्यसले एउटा साधारण सदस्यको जीवनमा समृद्धी आउन नसक्ने दाबी गर्नुभएको हो ।

साधारण व्यक्ति समेत सहजै रुपमा सहकारीको सदस्य बन्न सक्ने हुँदा गरिवहरुको बैंक नै सहकारी भएको बताउँदै प्रमुख बस्नेतले सहकारीले आफ्ना सदस्यहरुको आवश्यकतालाई पहिचान गरेर उद्देश्य अनुसार विभिन्न व्यवसाय संचालन गरी सदस्यहरुको आर्थिक बृद्धीमा जोड दिँदै समृद्ध नगरमा सबैको ध्यान जनु पर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै द लेप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर सोभाकर कडेलले विषेश गरी कुष्ट रोगबाट प्रभावित र अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक समृद्धीका लागि खोलिएको सहकारीले आगामी दिनमा उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समे रहनुभएका कडेलले सहकारीका सदस्यहरुले आर्थिक बृद्धीसँगै सामाजिक रुपमा आफूहरुलाई सुधार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महसंघ तीन नम्बर प्रदेशका सदस्य बद्री नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिब नविन केसी र सदाबहार बहु उद्देश्य सहकारी संस्थाका अध्यक्ष चन्द्र मानन्धरले आफ्नो भनाई राख्दै जिल्लामा धेरै सहकारी मध्ये फरक क्षमता भएका व्यक्तिहरुले स्थापना गरेको कोशिश सहकारीले आफ्ना सदस्यहरुको आवश्यकतालाई पहिचान गरी व्यवसायमूलक काम गर्नु पर्नेमा जोड दिएका छन् ।

६ वर्षको यात्रा : साँढे ४७ लाख माथीको कारोबार

द लेप्रोसी मिसन नेपालको सहयोगमा २०७० सालमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा ६ वर्षको अवधीमा ४७ लाख ६० हजार एक सय ४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरीरहेको संस्थाकी कोषाध्यक्ष दुर्गा रोकाले जानकारी गराउनुभयो । द लेप्रोसी मिसन नेपालको १७ लाख ५३ हजार पाँच सय रुपैयाँको पूँजीगत अनुदानबाट सुरु भएको सहकारीले शेयर सदस्यहरुलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउने, विद्यार्थीहरुलाई छात्रबृत्ति उलब्ध गराउने देखि आयआर्जनमूलक क्षेत्रमा सहयोग पुग्ने गरी काम गरीरहेको संस्थाकी सचिब कबिता श्रेष्ठले बताउनुभयो । सहकारीका अध्यक्ष मोहन बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा द लेप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर सोभाकर कडेललाई संस्था स्थापना देखि हाल सम्म संस्थालाई पु¥याईएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको छ । त्यस्तै कार्यक्रममा शेयर सदस्य जीत नारायाण श्रेष्ठ सहकारीको असल सदस्यको रुपमा सम्मानित हुनुभएको छ

१ सय ६५ जना शेयर सदस्य भएको सहकारीले हाल मन्थली नगरपालिकाको वडा नम्बर १, २, ७, ८ र लिखुतामाकोशी गाउँपालिकाको वडा नम्बर ७ मा आफ्नो कार्यक्षेत्र बनाएर काम गरीरहेको छ ।

Share36Tweet23Share6

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

२३ कार्तिक २०७६, शनिबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२३ कार्तिक २०७६, शनिबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

२३ कार्तिक २०७६, शनिबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

२३ कार्तिक २०७६, शनिबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

२३ कार्तिक २०७६, शनिबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

२३ कार्तिक २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.