Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरणले पायो प्रोबेशन ब्राण्ड, यस बर्ष तीन नम्बर प्रदेशकै उत्कृष्ठ सहकारी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ पुष २०७६, सोमबार
in कारोबार
0
158
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्राप्त गरेको छ भने तीन नम्बर प्रदेशकै उत्कृष्ठ सहकारी घोषित भएको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले सोमबार आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष श्याम थापाले सहकारीले नेफ्स्कुनद्धारा बिकास गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन प्राप्त गरेको र तीन नम्बर प्रदेशकै उत्कृष्ठ सहकारी भएको बताउनुभयो । प्रोबेशन व्राण्ड १ बर्षका लागि प्राप्त हुने पनि अध्यक्ष थापाले जानकारी गराउनुभएको थियो । नेफ्स्कुनले नवजारण सहकारीलाई तीन नम्बर प्रदेशकै उत्कृष्ठ सहकारी संस्था घोषणा गरि प्रसंसा पत्र दिएको पनि अध्यक्ष थापाले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

संस्थाका ब्यबस्थापक रमेश उदाशले संस्थाको गतिबिधि प्रस्तुत गर्दै २०५५ साल श्रावण १२ गते देखि साबिक मन्थली गाविस वडा न ७ र ८ का २५ जना महिलाहरुबाट सुरु गरिएको यो सहकारी संस्थाले हाल सम्म आइपुग्दा ४० करोड भन्दा माथिको कारोवार गरिसकेको जानकारी गराउनुभयो ।
उहाँले सहकारी संस्थाको १ करोड ८६ लाख ९३ हजारको लागतमा भवन निर्माणाधिन रहेको, संस्था मार्फत सामाजिक कामहरु गर्ने गरेको, आफ्ना शेयर सदस्यहरुको मृत्यु भएमा प्रति ब्यक्ति मृतकका परिबारलाई बीस हजार उपलब्ध गराउने गरिएको, आर्थिक रुपमा बिपन्न शेयर सदस्यका छोराछोरीहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने गरिएको र हरेक बर्ष उत्कृष्ठ सञ्चारकर्मी, उत्कृष्ठ शेयर सदस्य, ऋणि, शेयर खरिदकर्ता र बचतकर्ता समेतलाई पुरस्कृत गर्ने गरिएको बताउनुभयो ।

संस्थाका अध्यक्ष श्याम थापाले बैंक भन्दा फरक तरिकाको काम गर्न सहकारी संस्थाहरुलाई अधिकार नभएको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँले बलिउडको चलचित्र जस्तै कुन सहकारीले कति नाफा कमाउने भन्ने होडबाजि मात्रै भएको बताउनुभयो । उहाँले आफू उत्पादन मुलक, सीपमुलक कामका लागि लगानी गर्न, अनुदान दिन तयार रहेको भएपनि सहकारी ऐनको नीतिका कारण चाहे जस्तो तरिकाले लगानी गर्न नसकिएको बताउनुभयो । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम नाथ वाग्लेले नेफ्स्कुनको काम, कर्तब्य, अधिकार र हाल सम्म नेफ्स्कुनले गरेको कृयाकलापका बारेमा जानकारी गराउँदै कार्यक्रमका सहभागिहरुको प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नवजागरण बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य झम्क कडेलले सहकारी संस्थाले साधारण सभाका बेला कापी डटपेन र झर्काको थाल मात्र बाड्नु भन्दा पनि आर्थिक समृद्धि हुने खालका कार्यक्रमहरु ल्याउन सक्नु पर्ने बताउनुभयो । उहाँले गाँउ–गाँउमा गएर सहकारी संस्थाले गरेको काम र प्राप्त उपलब्धीको बारेमा सबै शेयर सदस्यहरुलाई जानकारी गराउनु पर्ने कुरालाई जोड दिनुभयो । नवजागरण सहकारी संस्था जिल्लाकै दोस्रो ठुलो सहकारी संस्थाको रुपमा चिनिन्छ ।

Share123Tweet15Share4

Related Posts

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१४ पुष २०७६, सोमबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

१४ पुष २०७६, सोमबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१४ पुष २०७६, सोमबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

१४ पुष २०७६, सोमबार
मन्थली सामुदायिक खानेपानीको २२ औं साधारण सभाको तयारी पुरा
कारोबार

मन्थली सामुदायिक खानेपानीको २२ औं साधारण सभाको तयारी पुरा

१४ पुष २०७६, सोमबार
भुजीको नवनिर्मित प्रहरी चौकी उद्घाटन
कारोबार

भुजीको नवनिर्मित प्रहरी चौकी उद्घाटन

१४ पुष २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.