खाँडादेवी–पञ्चशील बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा ९ लाख ८६ हजार ३ सय तेह्र रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
संस्थाको शनिबार खाँडादेवी गाउँपालिकाको सित्खामा आयोजना गरेको ११ औं बार्षिक साधारण सभाका अबसरमा संस्थाका कोषाध्यक्ष दशरथ केसीले सो कुराको जानकारी गराउनु भएको हो । कोषाध्यक्ष केसीले संस्थाले हाल सम्म ५ करोड २९ लाख १२ हजार ९ सय ५२ रुपैयाँ बराबरको कारोवार गरेको पनि जानकारी गराउनुभयो । संस्थाका अध्यक्ष अरुण कुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल र पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले संयुक्त रुपमा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले नीति र बिधि बिपरीत चल्ने सबै प्रकारका सहकारी संस्थाहरुलाई अब कारबाही हुने बताउनुभयो । उहाँले राज्यले १ सहकारी १ सदस्यको नीति ल्याईसकेकोले आगामी असोज महिना भित्र यो नीति कडाईका साथ लागु हुने बताउनु भयो । उहाँले सहकारीले ऋण लगानी गरेपछि ऋणको परिचालनको अबस्थाको बारेमा छोटो समयमा अनुगमन नगर्दा गलत ठाउँमा रकम खर्च हुने गरेको बताउनुभयो । उहाँले चिनबाट ल्याएको गुन्द्रुक खनु पर्ने नेपालीहरु आफू तरकारी उत्पादन नगर्ने र ऋण लिएको रकमले बाहिरबाट आएको तरकारी किनेर घर लैजाने बर्तमान अबस्थालाई हटाई आफैले तरकारी खेती गरी ऋण तिर्नु पर्ने कुरालाई जोड दिनुभयो ।

मकार्यक्रममा बोल्दै बिशिष्ट अतिथि रमेश ढुंगेलले सहकारीहरुले उत्पादन मूलक कामका लगि मात्र ऋण प्रवाह गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारीहरु नीति र बिधि भित्र रहेर नचलेको स्मरण गराउँदै स्थानीय तह र जिल्ला सहकारी संघले समन्वय गरी यस्ता सहकारीलाई नियमन गर्नुपर्ने कुरालाई जोड दिनुभयो । ऋण लाने तर भाखामा नतिर्ने शेयर सदस्यका कारण संस्थाको गरिमामा आँच आउने गरेको बताउनुभयो । संस्थाका उपाध्यक्ष शुरेश कुमार केसीले स्वागत मन्तब्य राख्नु भएको थियो भने शेयर सदस्य नारायण प्रसाद दाहाल, पूर्व सचिब निरञ्जन केसी स्वास्थ्य चौकी प्रमुख महेश कार्की, लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साधारणसभाले लेखा तथा सुपरीबेक्षण समितिका संयोजक रामहरी केसीद्धारा प्रस्तुत प्रतिबेदन र कोषाध्यक्ष दशरथ केसीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पास गरेको छ । बिबिध सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको उक्त साधारण सभाले भाग्यशाली चिठ्ठा मार्फत ४० जना शेयर सदस्यहरुलाई सहकारी अध्ययन अवलोकन भ्रमणका लागि छनौट गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया