मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले दुग्ध किसानहरुका लागि आउने अनुदान सहकारी मार्फत बितरण गरिनु पर्ने बताउनुभएको छ । शनिबार मन्थलीमा दुग्ध सहकारी संस्थाको साधारणसभामा बोल्दै उपप्रमुख कार्कीले यस्तो बताउनुभएको हो । उहाँले जिल्लामा किसानहरुलाई आउने विभिन्न अनुदानहरु पारदर्शी ढंगबाट बितरण नहुने गरेकोले अबको अनुदान शहकारी मार्फत गर्नु पर्नेमा जोड दिनुभएको हो ।
संस्थाका अध्यक्ष डुकुना पोखरेल घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामेछाप उद्योग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष केशब प्रसाद घिमिरे, महासचिब जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी रोहिणी चापागाई, आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठ लगाएतले आ–आफ्नो राख्दै राज्यले दुग्ध सहकारी संस्थालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । सहकारी संस्थाको बन्द सत्रले डुकुना पोखरेल घिमिरेको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
यसरी नब गठित सञ्चालक समितिका पदाधिकारीको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमश ऋषि शंकर घिमिरे, प्रकाश थापा र केशर पौडेल रहेका छन् भने सदस्यहरुमा क्रमशः यज्ञ प्रसाद ढुंगेल, मेनुका थापा, दिप कुमार थापा, कृष्ण कार्की र शोभा वाग्ले छन् । सहकारी संस्थामा हाल सम्म ७८ जना दुग्ध ब्यवसायीहरु शेयर सदस्य रहेको र सदस्यता बिस्ताको अभियान जारी रहेको सचिब प्रकाश कुमार थापाले जानकारी गराउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया