Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ‘दोस्रो रामेछाप महोत्सव- २०७६’ हुने

नेपाल अभियान नेपाल अभियान
२० माघ २०७६, सोमबार
in कारोबार, समाचार
0
897
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नेपाल भ्रमण बर्ष २०२० को अबसर पारेर रामेछपको मन्थलीमा दोश्रो रामेछाप कृषि, पर्यटन, सास्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ हुने भएको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजना, मन्थली नगरपालिकाको मुख्य प्रायोजन र सामाजिक सशक्तिकरण नेपाल मन्थलीको सह–आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई उद्योग ब्यपारको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ  यहि २०७६ फागुन ६ गते देखि १५ गते सम्म महोत्सव  सञ्चालन गर्न लागिएको हो । महोत्सबलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा रामेछाप उद्योग बाणिज्य संघमा सोमबार आयोजना गरिएको सर्बपक्षिय छलफलमा जानकारी गराइएको थियो ।

महोत्सवलाई सब्य, भब्य एवं ब्यवस्थितसँग सम्पन्न गर्नका लागि बैठकमा सुझाब समेत संकलन गरिएको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले वताउनुभयो ।

नव निर्बाचित अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त बैठकका अबसरमा  रामेछाप उद्योग बाणिज्य संघ र समाजिक शसक्तिकरण नेपालद्धारा संयुक्त रुपमा तयार पारिएको महोत्सवको प्रस्ताबनाका बारेमा संघका कार्यकारी अधिकृतले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

प्रस्ताबना अनुसार – आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्लावासी तथा जन निर्वाचित जनप्रतिनिधीसँग सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ  जिल्ला भित्रका सबै खाले जातजातीका झाँकी  प्रदर्शन, कृषि उपज,  साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न  हेलिकप्टरबाट मन्थली  शैलुङ उडान भर्ने, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गर्ने गराउने कार्यक्रम रहेको छ ।

“कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सबका लागि करिब ४७ लाख २० हजार लागत लाग्ने अनुमान गरिएको छ ।

त्यसैगरी कार्यक्रमको मूख्य आकर्षणमा ५० भन्दा बढि संगितकर्मीहरुको बेजोड प्रस्तुती, आधा दर्जन भन्दा बढी हाँस्य कलाकारहरुको प्रहसन, स्थानीय कलाकारहरुको प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रमका साथै विभिन्न विधाका कलाकार तथा जिल्लामा उत्पादन हुने विभिन्न कृषि उत्पादन, कृषि सामग्री, स्वास्थ्य शिक्षासँग सम्वन्धित विविध सामग्रीहरु लगायत विभिन्न उपभोग्य वस्तुहरुको सय भन्दा बढी स्टलहरु रहेछन् । स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सुपरिचित गराउने तथा भ्रमण वर्ष २०२० मा पाल्नु हुने विदेशी पर्यटकलाई जिल्लाको सम्पूर्ण ठाउँको लागि पर्यटकिय स्थलहरु डिस्प्ले गरी विभिन्न ठाँउमा राख्ने कार्यक्रम पनि रहेको छ ।

जसका लागि प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, टान, नेपाल उद्योग वाणिज्य महासंघ  प्रदेश नं ३ र केन्द्रीय समिति, जिल्ला समन्वय समिति रामेछाप, कृषि ज्ञान केन्द्र रामेछाप, मन्थली नागरिक उड्डयन तथा सांस्कृति मन्त्रालय  काठमाण्डौ, घरेलु तथा साना उद्योग विकास समिति रामेछाप रहने छन् ।

महोत्सवको मुख्य आकर्षणमा जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको फ्लेक्स प्रिन्ट जिल्लाको कला, संस्कृतिको प्रस्तुती, औद्योगिक प्रर्दशनी तथा खरिद बिक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्रि, ताजा तरकारी तथा फलफुल तथा कृषि उपज प्रदर्शनी, दुग्ध परिकार प्रदर्शनी, बाल उद्यान, लोक तथा आधुनिक गीत, राष्ट्रिय स्तरको हास्य व्यङ्ग्य कार्यक्रम, स्थानीय भाषाको गीत एवं नृत्य, केवल टि.भी तथा एफ एम रेडियोद्धारा प्रत्यक्ष प्रशारण, विभिन्न झांकीहरु प्रदर्शन गर्ने समेत कार्यक्रम रहेका छ ।  प्रस्ताबना पत्र अनुसार विशेष स्टल तीस हजार, विभिन्न उद्योग व्यावसायको व्यापारिक स्टल दश हजार, कृषि, जडीबुटी, घरेलु तथा उद्योग पाँच हजार, बहुराष्ट्रिय कम्पनीका उत्पादन तथा सेवा बीस हजार, होटल तथा रेष्टुरेण्ट (बदाम तथा आईसक्रिम बाहेक) पचास हजार, मोटर साईकल तथा साईकल स्टल बीस हजार, बैक बित्तिय तथा विमा कम्पनीहरु दश हाजर, गाँउ तथा नगरपालिका (सोही स्थानको उत्पादन प्रवद्धनका लागि) पाँच हजार कायम गर्ने कुरा पनि उल्लेख गरिएको छ । त्यसैगरी प्रायोजकहरुका लागि मुख्य प्रायोजक दश लाख, सह प्रायोजक पाँच लाख, प्रायोजक तीन लाख, सहयोगी पचास हाजर, अफिसियल बैंक एक लाखको दर रेट कायम गरिएको छ ।

बैठकका अबसरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बिगतको महोत्सबले धेरै पाठ सिकाएकोले यो महोत्सबलाई सबै मिलेर प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले आफ्नो सरुवा भइसकेको भएपनि यो महोत्सवका लागि गर्नुपर्ने सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताउनु भयो । सो अबसरमा नेकपाका जिल्ला नेता धु्रब कार्की, नेपाली काग्रेसका सचिब लेख बहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, गैसस महासंघका अध्यक्ष भुवन श्रेष्ठ केब्स स्कुलका प्रधानाध्यपाक केशब तिमिल्सीना पत्रकार हिमाल ढुंगेल लगाएतले यसको अनुमानित आय ब्ययका बारेमा पारदर्शि हुनुपर्ने, स्थान र सवारी पार्किको उचित ब्यवस्थापन गर्नु पर्ने तथा कार्यक्रम स्थलमा हुन सक्ने सम्भाबित घट्नालाई न्युनिकरण गर्न प्रहरी प्रशासन चनाखो हुनुपर्ने र सिसि क्यामेरा जडान गर्नु पर्ने जस्ता सुझाबहरु दिएका छन् ।

महोत्सवलाई ब्यबस्थीत गर्न मुल समारोह समिति, सल्लाहकार समिति र आबश्यक परेको खण्डमा अन्य उपसमितिहरु पनि गठन गरिने आयोजकले जनाएको छ ।

Share705Tweet80Share22

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२० माघ २०७६, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२० माघ २०७६, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२० माघ २०७६, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२० माघ २०७६, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२० माघ २०७६, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२० माघ २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.