Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकारी जागिर छोडेर १२ बर्ष देखि निरन्तर पोल्ट्री ब्यवसायमा, मासिक २ लाख आम्दानी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ माघ २०७६, आईतवार
in कारोबार
0
225
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ साविक भटौलीमा बिक्रम सम्बत २०२८ सालमा बुबा लाल बहादुर खत्री र आमा मेघ माया खत्रीको कोखबाट आठौँ सन्तानका रुपमा जन्मिएका हर्कबहादुर खत्री रोजागारीका लागि २०४८ सालमा नेपाल प्रहरीमा प्रवेश गरे ।

सरकारी जागिरको २०६४ मा पेन्सन भएपछि उनी जिल्लामा फर्किए र कामको खोजिमा धेरै भौँतारिए । अरु युवा जस्तै उनलाई पनि बैदेशिक मोह भने नजागेको होइन तर केही साथीहरु र आफन्त एवं घर परिवारको सल्लाह बमोजिम उनलाई बैदेशिक रोजगारीमा नगइ स्वदेशमै केहि नमूना काम गरेर देखाउने आँट आयो । 

जागिरबाट बिदा लिएपछि र्हक बहादुरलाई आफू, श्रीमति, २ छोरा र १ छोरीका लागि आवश्यक पर्ने खर्च जुटाउन निकै मुस्किल हुँदै जान थालेपछि उनले २०६४ सालमा भटौलीको मुगिटारमा बासोबास गरेर अण्डा दिने लेयर्स जातका कुखुरा पालन सुरु गरे । 

पेन्सन हुँदा प्राप्त भएको संचित बिदा, औषधोपचार र कसं कोषको रकम लगानी गरी  थोरै पूँजीबाट सुरु गरिएको उनको ब्यवसायले अहिले करोडौँको कारोवार गर्न सफल भएको छ ।   दुर्गादेवी पोल्ट्री फर्म दर्ता गरी मुगिटारमा १४ रोपनी जग्गा भाडामा लिएर ३ हजार २ सय को संख्यामा लेयर्स जातका अण्डा दिने कुखुरा पालीरहेका हर्कबहादुर अझै कुखुरा थप्ने सोचमा रहेका छन् ।

उनी भन्छन्–‘ अहिले दैनिक ३ हजारको हाराहारीमा अण्डा उत्पादन हुन्छ, त्यसबाट सबै खर्च कटाएर मासिक दुई लाख रुपैया आम्दानी गर्छु ।, अहिले आफ्नो फर्ममा ५ जनालाई रोजगारी पनि दिएको छु, दैनिक रुपमा उत्पादन भएको अण्डा मन्थली बजार, जिल्लाका अन्य बजारहरु र काठमाण्डौंसँगै छिमेकि जिल्लाहरुमा पनि निर्यात भइरहेको छ ।’

विगतमा अण्डा विक्री गर्दा घाटा खाएको तितो पीडा सुनाउँदै हर्क बहादुरले थपे– ‘एक महिना अघि सम्म अण्डा बिक्रिबाट उठ्ने रकमले आफ्नो लागत नै उठन मुस्किल हुने गरेको भएपनि हाल अण्डा उत्पादक संघ केन्द्र, प्रदेश र जिल्लाको समन्वयमा थोक तथा खुद्रा मुल्यमा हेरफेर गरेका कारण आम्दानी हुन थालेको छ । त्यसैगरी कुखुरालाई आवश्यक पर्ने हरियो जातको सस्तो दाना भारतबाट ल्याएर खुवाउने गरेको छु । हिजोआज  अण्डामा घाटा खानु परेको छैन् त्यसैमा खुसी छु ।’

भर्खरै आम्दानी हुन लागेका कुरा सुनाएका हर्क बहादुरले भारत र तराईबाट सस्तो मूल्यमा आउने समयाबधि गुज्रिएका र कम गुणस्तरको सस्तो अण्डा जिल्लामा भित्रिदाँ आफूहरुले उत्पदान गरेका अण्डा विक्री नभहुने गरेको गुनासो सुनाए ।

रामेछाप अण्डा उत्पादक संघका अध्यक्ष सुमन श्रेष्ठले अण्डा उत्पादनको क्षेत्रमा हर्कबहादुर उत्कृष्ट ब्यवसायि भएको बताए । श्रेष्ठका अनुसार जिल्लामा भएका झण्डै ३० जना अण्डा उत्पादक कृषक मध्ये हर्कबहादुर धेरै कुखुरा पाल्ने र अधिक अण्डा उत्पादन गर्ने अनुभवि तथा पुरानो पोल्ट्री ब्यवसायि हुन् । संघका पदाधिकारी र अन्य कुखुरा पालक कृषकहरुले पनि उनले गरेको ब्यवसायका बारेमा धेरै कुरा सिक्नु पर्ने पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । खत्री अहिले जिल्लाकै उत्कृष्ठ पोल्ट्री ब्यवसायिका रुपमा चिनिएका छन् भने रामेछाप अण्डा उत्पादक संघका उपाध्यक्ष समेत भएका छन् ।

Share173Tweet22Share6

Related Posts

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

२६ माघ २०७६, आईतवार
नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन
कारोबार

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

२६ माघ २०७६, आईतवार
बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए
कारोबार

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

२६ माघ २०७६, आईतवार
रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी
कारोबार

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

२६ माघ २०७६, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

२६ माघ २०७६, आईतवार
रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति
कारोबार

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

२६ माघ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.