Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा होम स्टेको पूर्वधार तयारः २० जनाले लिए तालिम, सामूहिक होम स्टे खोल्ने तयारी

बद्री नयाँघरे बद्री नयाँघरे
१६ फाल्गुन २०७६, शुक्रबार
in कारोबार
0
753
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ का २० जना स्थानीयहरु स्थानीय खाना प्रवद्र्धन गर्दै मन्थली आउने पाहुनालाई स्थानीय वातारणमा रमाउने गरी होम स्टे संचालनको लागि आवश्यक पूर्वधार तयारीमा लागेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रामेछापको आर्थिक सहयोग तथा उद्यम विकास सेवा समाजको सहयोगमा होम स्टेमा आधारित आतिथ्यता सत्कार तथा उद्यमशील कुकिङ्ग बेकिङ्ग तालिम मार्फत १८ दिनको तालिममा सहभागि भएर आधारभूत ज्ञान हाँसिल गरेका स्थानीयले सामूहिक होमस्टे स्थापना गरेर पर्यटक लोभ्याउने योजनानै बनाएका छन् ।

१८ दिने तालिममा सहभागि हुँदाको आफ्नो अनुभव सुनाउँदै स्थानीय दिपा केसीले भन्नुभयो– ‘ हामीले आफ्नै गाउँम उत्पादन हुने खाद्य बस्तुको मिठा–मिठा परिकारहरु बनाएर पाहुनालाई खुवाएर लोभ्याउन सक्ने रहेछौँ । हामीले अहिले सम्म त्यसो गरेका थिएनौँ । यो मन्थली आन्तरिक एवं बाह्य पर्यटक आउने ठाउँ हो । हामीले उहाँहरुलाई यहाँ उत्पादन हुने विभिन्न परिकारहरुलाई स्थानीय स्वादमा खुवाउन सक्यौँ भने हाम्रो स्थानीय व्यवसय पनि फस्टाउने रहेछ । अब हामी त्यता तिर लाग्छौँ ।’

त्यस्तै अर्का सहभागि विष्णु बहादुर कार्कीले भन्नुभयो– ‘हामीलाई लाग्थ्यो होटलमा पाहुना आएर बसे पछि उहाँहरुले अडर गरेको खाना दिए पछि पुग्छ । तर हैन रहेछ । हामीले गर्ने सत्कार, हाम्रो व्यवहार अनि स्थानीय रितिथिति पनि पाहुँनाले खोज्ने रहेछ । हामीले स्थानीय स्तरमै उत्पान भएका सामाग्रीलाई स्थानीय स्वादमा खुवाउन सक्यो भने त्यो नै उहाँहरुलाई अर्को पटक आउने माध्यम हुने रहेछ । त्यसैले हामीले १८ दिनमा सिकेका धेरै कुरालाई व्यवहारमा लागु गर्छौ ।’

तालिममा सहभागि भएका २० जनाले सामूहिक रुपमा लगानी गरेर आकाशे सामुदायिक होम स्टे स्थापना गर्नेको लागि एक समिति समेत बनाएका छन् । समितिले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै पर्यटकलाई सस्तोमा स्थानीय खाना खुवाउन सक्ने गरी सामूहिक रुपमा होम स्टे स्थापनाको लागि अन्य कामहरु अगाडि बढाइएको बताईएको छ ।

माघ २८ गते देखि संचालन भएको तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले होम स्टे संचालनबाट स्थानीयलाई फाइदा हुनुको साथै पाहुँनालाई समेत सहुलियत हुने हुँदा होमस्टे संचालनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । होम स्टे संचालनमा ल्याउनको लागि कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी कार्यपालिका सदस्य यसदो श्रेष्ठले स्थानीय उत्पादनलाई प्रवद्र्धनमा टेवा पुग्ने गरी तालिम संचालन गरिएको हुँदा तालिम अति उपायोगी भएको बताउनुभयो । तालिममा सहभागि भएका सहभागिले सिकेका सिपलाई व्यवहारमा लागु गर्न सके उनिहरुलाई फाइदा हुने उहाँको भनाई रहेको छ ।

त्यसैगरी कार्यक्रमको अध्यक्ष एवं उद्यम विकास सेवा समाजकी अध्यक्ष सिता विकले तालिम लिनु मात्रै उपलब्धी नभएकाले जे कुराको ज्ञान लिइएको छ त्यो काम गरे पछि मात्रै आफू सफल हुने भएकाले आफूले सिकेको सिपलाई चाँडै व्यवहारमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नुभयो । उद्यम विकास सेवा समाज जहिले पनि उद्यमीहरुकै हितमा काम गर्ने भएकाले होम स्टे संचालन गर्नको लागि संस्थाले सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष विकले गर्नुभयो ।

मन्थलीको आकाशे बाह्य एवं आन्तरिक पर्यटक आउजाउ गर्ने स्थान समेत भएकाले पर्यटकलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको कार्यक्रम संयोजक विन्दा कोइरालाले जानकारी गराउनुभयो । होम स्टे संचालनमा ल्याउन सके पर्यटन वर्षलाई समेत सहयोग पुग्ने उहाँको विश्वास रहेको छ ।

Share643Tweet46Share13

Related Posts

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१६ फाल्गुन २०७६, शुक्रबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

१६ फाल्गुन २०७६, शुक्रबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१६ फाल्गुन २०७६, शुक्रबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

१६ फाल्गुन २०७६, शुक्रबार
मन्थली सामुदायिक खानेपानीको २२ औं साधारण सभाको तयारी पुरा
कारोबार

मन्थली सामुदायिक खानेपानीको २२ औं साधारण सभाको तयारी पुरा

१६ फाल्गुन २०७६, शुक्रबार
भुजीको नवनिर्मित प्रहरी चौकी उद्घाटन
कारोबार

भुजीको नवनिर्मित प्रहरी चौकी उद्घाटन

१६ फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.