रामेछाप- टेवा नेपालले रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासका बिपन्न महिलाहरुलाई बाख्रा वितरण गरेको छ । कमजोर आर्थिक अबस्था भएका महिलाहरुको जिवनस्तर उकास्ने उदेश्यले टेवा नेपालले त्रिशक्ती माहिला समूहका ६ परिवारलाई बाख्रा र एक परिवारलाई बंगुगर वितरण गरेको हो ।
बिउ पुँजीका रुपमा दिएको बाख्रा र बंगुरबाट आया आर्जनमा टेवा पुग्ने संस्थाको अपेक्षा रहेको छ । त्रिशक्ति महिला समुहका महिलाहरुलाई एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले बाख्रा वितरण गर्नु भएको थियो ।
कार्यक्रममा टेवा नेपालकी कमला पन्त, स्थानीय निराजन ढुंगेल लगायतकाले बोल्दै यो कार्यक्रमबाट लाभान्बित महिलाहरुको आयआर्जन बृद्धि भइ जिबिकोपार्जनका लागि सहज हुने बिश्वास ब्यक्त गरे ।
दुई बर्ष अघि संस्थामा आवद्ध भएका महिलाहरुलाई यस अगाडि पनि टेवा नेपालले विभिन्न प्रकारका सिपमुलक तालिम तथा आर्थिक अबस्थामा सुधार गर्नका लागि आयमुलक व्यबसाय संचालनका लागि सहयोग गर्दै आएको छ ।
यो बारेमा तपाईको प्रतिकृया