Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा बजार अनुगमन सुरु

मन्थलीबजार अनुगमन गर्दा अधिकाशं पसलबाट म्याद नाघेको सामान बरामद

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ भाद्र २०७७, मंगलवार
in कारोबार, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लामा लकडाउनको मौका छोपी हुन सक्ने कालोवजारीलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबारदेखि बजार अनुगमन सुरु गरेको छ ।

जिल्ला सदरमुकाम मन्थलीका फलफुल तथा तरकारी पसल र किराना पसल २६ वटा हार्डवयर पसल ३ वटा  बेकरी पसल र  टायर पसल एक एक वटा गरी ३१ वटा पसल अनुमगन गरिएको थियो । ति पसलहरुमा २ वटा छुट्टा छुट्टै टोलिले अनुगमन गरेको हो  ।

मंगलबार अनुगमन गरिएका अधिकासं पसलहरुबाट म्याद गुज्रेका अखाद्य पदार्थ र प्रयोग गर्न नमिल्ने इनामेल तथा रङहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराइले बताउनुभयो ।

मुलुकभर फैलदै गएको(कोभिड–१९)कोरोना भाइरसका संक्रमितहरू दिनानुदिन बढ्दै जादा जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बिहान ५ देखि १० बजे सम्म मात्र अत्यावश्यक सेवाहरू अन्तर्गतका पसलहरु सञ्चालन गर्न अनुमति दिएको छ ।

यस्तो महामारीका बेला हुनसक्ने कालो बजारी,अखाद्य बस्तुको बिक्रि बितरण जस्ता कार्यलाई रोक्ने उद्देश्यले जिल्लामा बजार अनुगमन सुरु गरिएको र अब यसलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाले बजार अनुगमनको योजनानै बनाएर कार्य अगाडि बढाइएको पनि बताउनु भयो ।

उहाका अनुसार बजार अनुगमन अन्तर्गत मन्थली बजार जुनसुकै बेला आबश्यकता अनुसार आकस्मीक रुपमा समेत अनुगमन हुने,  रामेछाप नगरपालिका अन्तर्गत रहेका बजारहरु भदौ र असोज महिनाको दोस्रो हप्ता एबं बैशाख महिनाको पहिलो हप्ता अनुगमन हुने छ भने गोकुलगंगा गाउपालिकामा रहेका बजार क्षेत्रहरु मंसिरको दोस्रोहप्ता अनुगमन गरिने छ । त्यसैगरी लिखु तामाकोशी गाउपालिकामा रहेका बाजारहरु पुष महिनाको पहिलो हप्ता र खाँडादेवी गाउपालिकामा रहेका बजारहरु माघ महिनाको दोस्रो हप्ता अनुगमन गरिने छ । त्यस्तै दोरम्बा गाउपालिकामा रहेका बजारहरु फागुन महिनाको दोस्रो हप्ता,सुनापति गाउपालिकामा रहेका बजारहरु यहि चैत्र महिनाको पहिलो हप्ता अनुगमन गरिने छ । त्यस्तैगरी उमाकुण्ड गाउपालिकामा रहेका बजारहरु भने २०७८ बैशाख महिनाको दोस्रो हप्ता अनुगमन गर्ने योजना रहेको छ ।

बजार अनुगमनका क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका ७ वटा पसलहरुलई ७ दिन भित्र सम्बन्धीत निकायमा दर्ता गर्न निर्देशन दिइएको नबिरण नभइ सञ्चालनमा रहेको ४ वटा पसललाई नबिकरण गर्न निर्देशन दिइएको अनुगमन गरिएका पसलहरु मध्ये १७ वटा पसलमा फेला पारेका म्याद नाघेका सामाग्रीहरु जफत गरेको, बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डको वारेमा ब्यवसायीहरुलाई सचेत समेत गराइएको प्रशासकिय अधिकृत भाष्कर  दाहालले बताउनुभयो ।

Share45Tweet28Share8

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२ भाद्र २०७७, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२ भाद्र २०७७, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२ भाद्र २०७७, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२ भाद्र २०७७, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२ भाद्र २०७७, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२ भाद्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.