Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मदिरा सहित प्रहरी हिरासतमा रहेका ३ जना महिला तारेखमा रिहा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ कार्तिक २०७७, शुक्रबार
in कारोबार, प्रहरी-प्रशासन, समाचार
0
140
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ कार्तिक । अबैध घरेलु मदिरा बोकेर हिड्दै गरेका लिखु तामाकोशी गाउपालिकाका तीन जना महिलाहरु बिहिबार धरौटी राखि तारेखमा रिहा भएका छन् ।
बुधवार बिहान गस्तीमा रहेको प्रहरीले गरौँ भारी बोकेर हिडेका पैदल यात्रु माथि शंकालागि चेकजाँच गर्ने क्रममा मन्थली नगरपालिका वडा नं–१ सानीमदौबाट लिखु तामाकोशी गाँउपालिका वडा नं–७ तिल्पुङका ५८ बर्षिया सुकुमाया तमाङ,३० बर्षिया किर्मिला तमाङ र ४० बर्षिया माया तामाङ सहित ३ जना महिलाहरुलाई करिब ७५ लिटर अबैध घरेलु मदिरा सहित पक्राउ गरी हिरासतमा राखेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त मदिरा बुधबारनै जिल्लाका सरोकार निकायका प्रमुख वा प्रतिनिधिको रोहबरमा नष्टगरी आबश्यक कागपत्रको सक्कलै फाइल सहित तीनै जना महिलालाई करदाता सेवा कार्यालय मन्थलीमा पठाएको थियो ।
यस सम्बन्धमा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले आफ्नो कार्यालय मार्फत पक्राउ परेका उनीहरुलाई सोहि दिन करदाता सेवा कार्यालयमा फाइल सहित जिम्मा लगाएको त्यस पछि के कार्वाहि भएको भन्ने बारेमा आफुलाई कुनै औपचारिक जानकारी नभएको बताउनुभयो ।
करदाता सेवा कार्यालय मन्थलीका प्रमुख तुल्सीराम पन्थिले बुधवार प्रहरी कार्यालयबाट फाइल र ३ जना महिला आफ्नो कार्यालयमा आएको उनीहरुको सोहि देखि सुरु भएको बयान बिहिबार सकेर आन्तरिक राजस्व कार्यालय धुलिखेलमा पठाएको,त्यसपछि धुलिखेलको आदेशअनुसार उनीहरुलाई प्रति ब्यक्ती रु ५ हजार का दरले जरिवाना र १ हजारका दरले धरौटी गरी प्रति ब्यक्ति ६।६ हजार तिराएर यहि मंसिर २० गते कार्यालयमा हाजिर हुन आउने गरी तारेखमा छाडिएको बताउनुभयो ।
उहाले उनीहरुले ल्याएको अबैध गरेलु मदिराको मुल्याङ्कन गर्दा ७५ लिटरको प्रति लिटर रु ४०।–का दरले हुन आउने रकमको कुल रु ३ हजार भएकोले तीनै जनालाई १।१ हजारका दरले ३ हजार धरौटी र ५।५ हजारका दरले १५ हजार जरिवाना सहित जम्मा १८ हजार रकम बैकमा आन्तरिक राजस्व कार्यालय धुलिखेलको नाममा दाखिला गर्न लगाएको पनि बताउनुभयो ।
तिहारमा घरायसी रुपमा प्रयोग गर्न आफन्तकोमा कोशेलीका रुपमा लिएर हिड्दै गर्दा बाटोमा प्रहरीले पक्राउ गरी २ दिन सम्म हिरासतमा राखेको भन्दै पिडित महिला सुकुमाया तामाङले अगाडि भन्नुभयो– “होटलमा खुले आम घरेलु रक्सी बेच्ने होटेलवाला हरुलाई चाहि कार्वाहि नहुने तर हामी जस्ता सिधा, सोझा महिलाहरुले कोसेले लिएर हिड्दा बेच्न लिएर हिडेको भनि हामीलाई चाहि कार्बाहि हुने यो कस्तो कानुन हो ।
मेरा छिमेकीहरुले दैनिक जस्तो रक्सी बनाएर मन्थलीका बिभिन्न होटलहरुमा दिन्छन् उनीहरुलाई कहिल्यै कार्वाहि हुँदैन त ? तर हामीलाई चाहि कोसेली लिएर आफन्तकोमा भेटघाट गर्न हिड्दा पनि प्रहरीले समातेर थुन्ने । हामिले लिएर हिडेको रक्सी बेच्ने हो भनेपनि बढिमा १÷१ हजार भन्दा आउदैन तर जम्मा हामिले ६।६ हजार तिर्नुपरो त्यो पनि साहु महाजनकोमा ऋण कढेर, हामी गरिबलाई यो भन्दा ठुलो पिडा के हुन्छ ?”
हिरासत बाट छुटेकी अर्की महिला माया तामाङले पनि गुनासो गर्दै भन्नुभयो–“अब प्रहरीले दैनिक रुपमा रक्सी ल्याउने गरेका मानिहरुलाई पनि पक्रीनु पर्छ र रक्सी बेच्ने होटल वालाहरुलाई पनि कारवाहि गर्नुपर्छ, अनिमात्र हामिलाई कार्वाहि गरेको मा हामी खुसी हुन्छौ । हैन भने प्रहरीहरुचाहि होटलवालाहरु सँग सेटिङ मिलाउने अनि हामिलाई चाहि कार्वाही गर्ने ? के कानून पनि गरिब र धनिलाइ फरक फरक तरिकाले लाग्ने हो ?”
उनीहरुको कार्वाहि अझै सकिएको छैन । मंसिर २०गते करदाता सेवा कार्यालयमा पुनः हाजिर हुनेगरी उनीहरु धरौटिमा छुटेका हुन् ।
यस अघि पटक पटक अबैध मदिरा मात्र जफत गरी नष्ट गर्दै आएको प्रहरीले मदिरा र मान्छे सहित पक्राउ गरेर कार्बाहि चलाएको रामेछापको यो पहिलो घटना हो ।

Share56Tweet35Share10

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२१ कार्तिक २०७७, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२१ कार्तिक २०७७, शुक्रबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२१ कार्तिक २०७७, शुक्रबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२१ कार्तिक २०७७, शुक्रबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२१ कार्तिक २०७७, शुक्रबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२१ कार्तिक २०७७, शुक्रबार

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.