रामेछाप १८ पुष । श्री अम्बर आदर्श वचत तथा ऋण सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा मन्थलीमा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त सभाले कोषाध्यक्ष र सचिव द्धारा प्रस्तुत प्रतिवेदनहरु पास गरेको छ ।
कार्यक्रमका अबसरमा संस्थाले गत आर्थिक वर्षमा २ लाख ६० हजार रुपैया खुद नाफा कमाएको जानकारी गराइएको थियो ।
कार्यकल सकिएका अध्यक्ष कृष्ण वहादुर थापा, उपाध्यक्ष भुवन थापा, सचिव प्रमोद श्रेष्ठ र सदस्य राम सुदिश शाह तथा ऋण उपसमितिकी सदस्य सीता युगल श्रेष्ठ र शिक्षा उपसमितिका संदस्य डम्बर बहादुर बस्नेतलाई पुन सोहि पदहरुमै निर्बाचित गर्ने निर्णय पनि साधारण सभाले गरेका छ ।
यो बारेमा तपाईको प्रतिकृया