रामेछाप, २९ पुष । माघे संङ्ग्रातिको पुर्व सन्ध्यामा बुधवार घरेलु तथा साना उद्योग कार्यालय रामेछापको नेतृत्वमा वजार अनुगमन भएको छ ।
चार्डवार्डको मौका छोपी ब्यवसायीहरूले अखाद्य बस्तु बिक्रिवितरण गर्न सक्ने संम्भावनालाई मध्यनजर गर्दै घरेलुले मन्थली वजारको अनुगमन गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमको नेतृत्वमा निस्केको टोलिले मन्थली बजार क्षेत्र भित्र रहेका ७ वटा खाद्यान्न र २ वटा कस्मेटिक पसलहरु सहित ९ वटा पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा नविकरण फेल भएका ब्यवसायिहरुलाई नविकरण गर्न आग्रह गर्नुका साथै म्याद गुज्रेका समाग्रीहरु बिक्रि बितरणका लागि नराख्न निर्देशन दिइएको थियो ।
अनुगमनमा जिल्ला प्रसाशन कार्यालय, मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, रामेछाप उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगाएतका कार्यालयहरुका प्रमुख एबं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया