रामेछाप,१३ माघ । जिल्ला सदरमुकाममा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं बार्षिकोत्सव मगंलवार मनाएको छ ।
संस्थाले सो अवसरमा अधिक शेयर खरिद कर्ता–१५ जना, असल ऋणि –११ जना , असल वचतकर्ता–८ जनासहित ३४ जनालाई सम्मान गरेको थियो ।
उनीहरू मध्ये ११ जना असल ऋणिलाई नगद पाँच हजार र सम्मान पत्र पदान गरिएको थियो भने अन्य सम्मानित भएका ब्यक्तिहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।
आफ्ना शेयर सदस्यहरूलाई संस्था प्रति थप उत्तरदायी बनाउँदै संस्थागत विकासमा अरुको पनि थप योगदान पुर्याउने वातावरण सृजना होस भन्नका लागि संस्थाको संचालक समितिको निर्णय अनुसार सो अवसरमा शेयर सदस्यहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन घिसिङले वताउनुभययो ।
कार्यक्रममा प्रमुख अतिथि एबं जिल्ला सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले साहाराको १६ औ बार्षिक उत्सव आफैमा परिपक्वता र जिम्मेवार संस्थाको पहिचान भएको भन्दै यसले जिल्लाको सहकारी विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो । दाहालले पछिल्ला समयमा सबैजसो सहकारीहरुमा असल ऋणिहरुको खडेरी पर्दे गएकोले लगानी र असुलीको क्षेत्रलाई थप ब्यवस्थित गर्नको लागि साहारा साकोसको पनि सकृयता आबश्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले थोरै लगानी र शेयर सदस्यहरुवाट सुरु गरिएको यस संस्था १६ वर्ष सम्म आइपुग्दा निक्कै प्रगति गरेको वताउनुभयो ।
संस्थाले हाल मन्थली नगरपालीको १,५र ६ र रामेछाप नगरपालीकाको वडा नं ७,८, र ९ लाई कार्यक्षेत्र बनाएर कामगर्दे आएको छ ।
संस्थाका कोषाध्यक्ष शिबराज श्रेष्ठले संस्थाले हाल सम्म आर्थिक तथा सामाजिक विकासमा खेलेको भुमिकाको बारेमा प्रष्ट पार्दे हालका ३ हजार ५ सय ५७ जना शेयर सदस्य संस्थाको मुख्य सम्पति भएकोले त्यसको जगेर्ना गर्दै अगाडि बढिने वताउनुभयो ।
संस्थाले हाल मन्थली नगरपालिकाको १,५र ६ र रामेछाप नगरपालिकाको वडा नं ७,८, र ९ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।