रामेछाप,२१ माघ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा होण्डाको मोटरसाईकलको सो रुम खुलको छ ।
होण्डा कम्पनीले मन्थली–१ को भैसेश्वर चोेक नजिकै सेतीदेवी अटो मोवायल प्रालिले संचालन गर्ने गरी कम्पनीको थ्रिएस सेवा संचालनमा ल्याएको हो ।
उक्त सोरुमको बुधबार मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटन पछि प्रमुख बस्नेतले ग्राहकहरुको मागका आधारमा होण्डा कम्पनीले सोरुम सञ्चालन गरेर मन्थलीको थप विकासमा टेवा पुगेको बताउनु भयो । उहाँले होण्डाले एकै छानामुनि रहेर सेल्स,सर्भिस र स्प्रे सहितको सेवा दिएर ग्राहकहरुको मन जित्न प्रयत्न गरेको भन्दै कम्पनीको मुक्त कण्ठले प्रसंसा गर्नुभयो ।अन्य कम्पनीको तुलनामा होण्डा कम्पनी बाट उत्पादित मोटरसाईकल र स्कुटर भरपर्दो र कम पेट्रोलमा वढि माइलेज दिने भएकोले ग्राहकहरुको चाहाना र बजारको आवश्यक्ताका आधारमा आफुले सोरुमा संचालन गरेको सोरुमका प्रोपाईटर सुदिप थापाले बताउनु भयो ।
उहँँले भन्नुभयो– “सेतीदेवी अटो मोवायल सर्भिसले थ्रियस सहितको सेवा दिने भएकोले यसबाट भरपुर रुपमा फाईदा लिन पनि आग्रह गर्दछु ।” हाल सोरुममा विभिन्न ब्राण्डका मोटरसाईकल र स्कुटर विक्रिका लागि राखिएका छन् ।
उद्घाटन कार्यक्रममा संचारकर्मीहरू,रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरू तथा ब्यापारीहरू र स्थानयी बासिहरुको उपस्थिति रहेको थियो ।
सोरुम सञ्चालनक लागि आफुले करिब १ करोड २० लाख रुपैयाँ लगानी गरी सेवा आरम्भ गरेको जानकारी पनि प्रोपाईटर थापालेदिनु भयो ।
बिदेशमा गएर इन्जिनियरीङ को पढाइ सकेर जिल्ला फर्केका २१ बर्षिय थापा सिप र जाँगर भएमा पैसा कमाउन विदेश जानु नपर्ने सन्देश सबै युवाहरुलाइ दिन आफुले आफ्नै जिल्लामा यो काम थालेको बताउनुुहुन्छ ।
यो बारेमा तपाईको प्रतिकृया