रामेछाप, ५ चैत्र । सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने सरकारको नारा वेकम्मा भएको जेष्ठ नागरिकहरुले वताएका छन् ।
सरकारले सवै सामाजिक सुरक्षा भत्ता बैक मार्फत उपलब्ध गराउने भएपछि जिल्लाका जेष्ठ नागरिकहरुलाई हैरानी भएको छ ।
मन्थली नगरपालकाले सामाजिक सुरक्षा भत्ताका लागि जिल्ला सदरमुकाम मा रहेका सबै वंैकहरुलाई भागबण्डा गरेर वडा वडा वाडिदिएपछि खाता खोल्न र भत्ता लिन आउन आफुहरूलाई हैरानी भएको उनीहरुले बताएका हुन् ।
यस अघि वडा सचिव र वडा अध्यक्षले घर घरमै लगेर दिने गरको सामाजिक सुरक्षा भत्ता लिन जिल्ला सदरमुकाम आएर बैकमा दिनभर लाईन बस्दा पनि पालो नआउने भएपछि उनीहरू दिक्क भएका हुन् ।
बैकले पनि कैले के,कैले के मिलेन भनेर फकाईदिने गरेको, पहुँच हुनेको पालो पहिले आउने गरेको नहुँनेको दिनभर कुर्दा पनि पालो नआउने गरेको प्रति मन्थली नगरपालिका वडा नं १३ फुलासीकी ६७ वर्षिया देवकी गिरीले गुनासो गर्नुभयो ।
त्यसैगरी सोहि वडाका ७८ बर्षिय जीत वहादुर चौहानले भने हैन हजुर हामिलाई किन यसरी गोता दिएको पहिले घरमै पैसा पुग्थ्यो कति आनन्द थियो अहिलेत ज्यादै हैरानी भो पैसाका लागि दिनभर लाइन वस्नुपर्ने ?
उता जेष्ठ नागरिकहरुले वैंकमा आफुहरुलाई सुरक्षा गार्ड र कर्मचारीहरुले राम्रो ब्यवहार गर्ने नगरेको समेत आरोप लगाएका छन्
यो बारेमा तपाईको प्रतिकृया