रामेछाप, ५ पुष । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो कार्यकाल बाँकी भएको ४ महिनाको अबधिमा सहकारी मैत्री नगर बनाउने बताउनुभएको छ । सो कुरा उहाले मन्थली नगरापालिकाले अयोजना गरेको सहकारी लेखा ब्यवस्थापन तथा क्षमता विकास सम्बन्धी ५ दिने तालिमको समापनका अवसरमा बताउनु भएको हो ।
उहाले सबै सहकारीहरुलाई बिधि र प्रकृयामा ल्याउनका लागि तालिम दिएकोर बिधिमा नहिड्ने सहकारीलाई खारेजी गरिने चेतावनी पनि दिनुभयो । उहाले शेयर सदस्यहरुले सहकारीमा रखेको पैसा डुब्न आफुले नदिने भन्दै सहकारी को बिकास भयो भने मात्र नगरको बिकास र समृद्ध नगर हुने पनि बताउनुभयो ।
४ दिन सम्म चलेको उक्त तालिममा मन्थली नगरलाई कार्य क्षेत्र बनाएर सञ्चालन भएका सहकारीका ५३ जना को सहभागिता रहेको थियो भने तालिममको सहजीकरण उमेश कोइराला र दिपक अर्यालले गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया