रामेछाप,६ पुष । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बगमती प्रदेशले एकै दिन दुई जिल्लामा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघले मंगलवार सिन्धुपाल्चोक र दोलखा जिल्लामा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ सिन्धुपाल्चोकका सचिब डिल्ली अधिकारीको अध्यक्षतामा सिन्धुपाल्चोकमा र महासंघका जिल्ला अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा दोलखामा कार्यक्रम सम्पन्न भएको हो ।
दुबै जिल्लामा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्र बाट थप कमिशन नपाएका ब्यवसायीहरुले तत्काल आबश्यक प्रकृया पुरा गरेर कागजातहरु कलंकिमा रहेको आफ्नो कार्यालयमा पठाइदिन आग्रह गदै सबै ब्यवसायिहरुले प्रभु इन्स्योरेन्स मा आफ्नो पसल, घर र गोदाम तथा स्टक सामानको बिमा गर्न अनुरोध गर्नुभयो ।
उहाले अरु भन्दा प्रभु इन्स्योरेन्स ले हाम्रा ब्यवसायीहरुलाई बढि सुबिधा दिने भएको हुँदा उक्त कम्पनी सँग महासंघले सम्झौता गरीसकेकोले े भबितब्य पर्दा भुक्तानी दावी गर्न मिल्ने गरी बिमा गर्न पनि उहाले ब्यवसायीहरुलाई अनुरोध गर्नुभयो । सिन्धुपाल्चोकको कार्यक्रममा अध्यक्ष श्रेष्ठ सहित सचिब हरी प्रसाद पौडेल कोषाध्यक्ष सुबिन मानन्धर,र सदस्यहरु बिनोद ढकाल, कुमार थापा र प्रभु इन्स्योरेन्स की शाखा प्रबन्धक शर्मिला मल्ली सहित जिल्लाका ब्यवसायीहरुको उपस्थीती रहेको थियो भने दोलखामा पनि उहाहरु सहित जिल्लाका ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
यहि पुष २८ र २९ गते चितवनको सौराहामा हुने नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको छैटौ राष्ट्रिय महाधिबेशनको प्रचार प्रसारका गर्न,प्रदेश अन्तरर्गत रहेका जिल्लाका ब्यवसायीहरुको समस्या पहिचाहन गरी समाधानको उपाय खोजी गर्न र सबै ब्यवसायीहरुले प्रभु इन्स्योरेन्समै पसल, गोदाम र घरको बिमा गर्नुपर्ने सन्देश प्रवाहका लागि आफुहरु प्रदेश अन्तर्गतका १३ जिल्लामा अन्तकृयात्मक कार्यक्रम सञ्चालन गर्दै हिडेको महासंघका सचिब हरी प्रसाद पौडेलले बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया