३० जेठ, २०७६
मन्थली- रामेछापको मन्थलीमा बुधबार देखि जनता बैकले आफ्नो कारोवार प्रारम्भ गरेको छ । बैकले मन्थलीमा १ सय ३१ औ शाखाको औपचारीक रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । जनता बैक लिमिटेडका अध्यक्ष केशर बहादुर रायमाझीले बुधबार नै मन्थली लगाएत पाटन, सुन्धारा, ठीमी, फिदिम र डुम्रेमा एकै साथ ६ वटा शाखा औपचारिक रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइको जानकारी दिनुभयो ।
मन्थली स्थित देवकोटा चोकमा रहेको शाखाको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले एक समारोहका साथ गर्नु भएको थियो । जनता मालामाल मुद्धति खातामा बार्षिक ११ प्रतिशत ब्याज, ए.टि एम. सुबिधा सहित बिमा योजनाका बिभिन्न सेवा सुबिधाहरु दिने गरी जिल्लामा शाखा सञ्चालनमा ल्याइएको जनता बैकका प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्रीले बताउनुभयो । उहाले जनता बैक नाफामुखी मात्र नभएर सामाजिक काममा पनि त्यतिकै महत्वपुर्ण भुमिका निर्बाह गर्ने, साना कृषकहरुलाई लघुकर्जा ब्यवसायिहरुलाई ब्यापारिक कर्जा र अन्य बिभिन्न प्रकारका कर्जाहरु समेत सरल ब्याजदरमा उपलब्ध गराउने बताउनु भयो ।
बैकको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नागरिकहरुले कुनै आयमुलक कार्य गर्ने भनि ऋण माग्न आएको खण्डमा कुनै पनि बैकले ऋण दिन नहिच्किचाउन अनुरोध गर्दै उनीहरुको धितो नपुगे नगरपालिका जमानी बस्न समेत तयार रहेको बताउनुभयो ।
बैक का अध्यक्ष केशर बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मन्थली नगरापलिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा,मन्थली मा.बि का प्राचार्य टंक प्रसाद दाहाल, गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष भुबन श्रेष्ठ लगाएतले आ आफनो शुभकामना मन्तब्य राख्दै बैंकहरुले नागरिकलाई ऋण लगानी गर्दा धेरै कागजातहरु जुटाउन लगाएर दुःख दिने गरेको पाइएकोले यसो नगर्न र नाफा मुखी मात्र काम नगरी सामजिक क्षेत्रको पनि काम गर्न अनुरोध गर्नुभएको थियो ।
बैकले यस अघि पनि जिल्लाको दोरम्बा गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया