Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अध्यक्षको अनियमितता विरुद्ध सदस्यहरुको पत्रकार सम्मेलन

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०७६, शुक्रबार
in स्थानीय सरकार
0
48
SHARES
Share on FacebookShare on Twitter

१७ साउन, २०७६
रामेछापको लिखुतामाकोशीगाउ कार्यपालिकाका बहुमत सदस्यहरुले पालिका अध्यक्ष गोविन्द बहादुर खड्काले अनियमितता गरेको भन्दै अध्यक्षको ज्यादति बिरुद्धमा पत्रकार सम्मेलन गरेका छन् । बिहिबारको कार्यपालिकाको बैठकमा पालिकाको वडा नं १ दुरागाउँमा भैरहेको बिद्युतिकरणमा बजेट बिनियोजनको बिषयलाई लिएर अध्यक्ष गोबिन्द बहादुर खड्काले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र कार्यपालिका सदस्यहरुलाई लक्षित गरी कुर्चि उचालेर प्रहार गर्ने प्रयास गरे पछि पालिकाको वैठकमा भाग दौड मच्चिएको थियो ।

निर्वाचन भए देखिनै गाउँपालिका अध्यक्षले मनपरी तरिकाले काम गरेको भन्दै पालीकाका सदस्यहरुले उहाँको ज्यादति र अपारदर्शि ब्यवहार प्रति असहमति जनाउँदै आएका थिए । निर्बाचन भएको २६ महिना पुरा भइसक्दा पनि अध्यक्षको ब्यवहारमा परिबर्तन नआएपछि आपूmहरु बाध्य भएर अध्यक्ष खड्काको बिरोधमा उत्रिनुपरेको शुक्रवार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष दिपशिखा दाहालको नेतृत्वमा शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा घटनाको सार्वजनिकीकरण गर्न आएका १० जना सदस्यहरुले सामुहिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षको ज्यादति र अनियमितता विरुद्ध सार्वजनिक रुपमा मुख खोलेका हुन् । पत्रकार सम्मेलनमा कार्यपालिकाका सदस्य सुवास बोहोराले यस अघि वडा नं १ लागि बिद्युतिकरण गर्न भनी २ करोड ५० लाख रकम बिनियोजन गरेको भएपनि हाल सम्म रु ५ करोड ९५ लाख भूक्तानी भैसकेको र उक्त रकम बिद्युतिकरणका लागि नपुग्ने भन्दै अध्यक्ष खड्काले पुनः ६ करोड १० लाख बिनियोजन गर्न प्रस्ताब गरे पछि विवादले नयाँ रुप लिएको थियो ।

कार्यपालिकाका अधिकांस सदस्य सहित प्रमुख प्रशासकिय अधिकृतले अध्यक्षको प्रस्तावलाई बिधि र प्रकृया नमिलाई उक्त रकम बिनियोजन गर्न नमिल्ने भन्दै नियमापत्ति जनाए सँगै कुर्चि उठाउने सम्मको बाताबरण बनेको कार्यपालिका सदस्य एबं वडा नं २ का अध्यक्ष पदम तमाङले बताउनुभयो । बिद्युतिकरणका लागि उक्त वडामा अध्यक्ष खड्काले कागजी रुपमा ४ वटा उपभोक्ता समिति बनाई वडाअध्यक्ष र ति समितिका पदाधिकारीहरुलाई समेत वेवास्ता गर्दै आएका थिए ।
अध्यक्ष खड्काले गरेको कामको चौतर्फी आलोचना भएपछि त्यसको पारदर्शितामाथि प्रश्न उठेको थियो । सोहि आधारमा उपाध्यक्षको संयोजकत्वमा गठित स्थानीय अनुगमन समितिले कामको आधारमा बिद्युतिकरणमा खर्च भएको रकम बिधि र प्रकृया अनुसार मात्र बिनियोजन गर्न सकिने अन्यथा अध्यक्षको प्रस्ताब स्वीकार नहुने पालिकाका सदस्यहरुले बताएपछि तनाब उत्पन्न भएको थियो ।

बैठकमा उज्यालो लिखुका नाममा दुरागाउलाई लक्षित गरी बिद्युतिकरणमा भएको खर्चको बिल भर्पाइ लागत स्टमेट र सामानको मुल्य समेत थाहै नदिर्ई अध्यक्ष खडकाले पहिलो पटक २ करोड ५० लाख, दोस्रो पटक २ करोेड ६० लाख गरी कुल ५ करोड १० लाख भुक्तानी लगेको भनिएको छ । तेस्रोपटक पनि उक्त रकम बिद्युतिकरणका लागि अपुग हुने भन्दै भन्दै थप ६ करोड ९५ लाख रुपैया अनुमोदनको लागी भन्दै अध्यक्षले प्रस्ताव गर्नुभएको थियो । उहाँले आफ्नो प्रस्ताव अस्वीकृत भए जे पनि हुन सक्ने भन्दै धम्कि मात्र नभइ सदस्यहरुलाई कुर्सिले हिर्काउन खोजेको बताइएको छ ।

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरु अध्यक्षबाट प्रताडित मात्र नभएर पूर्ण रुपमा असुरक्षित समेत भएको भन्दै सुरक्षा र सहयोगका लागि सरोकारवाला निकायहरुसँग आग्रह समेत गरेका छन् । उनीहरुले घटनाको बारेमा छानविन गरि सुरक्षाको ग्यारेन्टीका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा समेत लिखित रुपमा जानकारी गराएका छन । त्यसैगरी सो गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राइले पनि शुक्रवारनै प्रमुख जिल्ला अधिकारी समक्ष अध्यक्षको कानुन बिरोधि ब्यवहारले पालिकामा रहेर काम गर्न असहज अबस्था रहेको भन्दै सहज वातवरण मिलाइदिन आग्रह गर्नुभएको छ् । उहाँले अध्यक्षको धम्कि र दवाबले आफू असुरक्षीत समेत रहेको भन्दै सो व्यहोराको लिखित निबेदन दिनुभएको हो । उहाँले आफ्नो सुरक्षको पूर्ण रुपमा ग्यारेन्टी नभएसम्म पालिकामा गई काम गर्ने वातावरण समेत नरहेको बताउनुभएको छ ।

Share19Tweet12Share3

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

१७ श्रावण २०७६, शुक्रबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

१७ श्रावण २०७६, शुक्रबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

१७ श्रावण २०७६, शुक्रबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

१७ श्रावण २०७६, शुक्रबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१७ श्रावण २०७६, शुक्रबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

१७ श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.