३१ साउन, २०७६
खाँडादेवी– रामेछाको खाँडादेवी गाउँपालिकाले गत आर्थिक बर्षमा कुल बजेटको ९४ दशमलब ६५ प्रतिशत खर्च गरेको छ । बिहिबार गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद सुवेदीले आर्थिक वर्ष २०७५/०७६ मा कुल बजेटको ९४ दशमलब ६५ प्रतिशत खर्च भएको सार्बजनिक गर्नु भएको हो ।
उहाँले सार्बजनिक गर्नुभएको प्रतिबेदन अनुसार समानिकरण संघ तथा प्रदेशबाट प्राप्त १५ करोड ७० लाख ५५ हजार, शसर्त अनुदान संघ तर्फ १९ करोड ५८ लाख ६३ हजार, शसर्त अनुदान प्रदेश तर्फ १ करोड ७३ लाख ६३ हजार ९ सय साठी रुपैया राजस्व वाडफाड तर्फ ६ करोड ८२ लाख ७४ हजार , राजस्व संकलन बाट २ करोड ११ लाख, ५७ हजार ६ सय चौरहत्तर , समपुरक कोष अन्तर्गत ३ कारोड ७७ लाख सहित पालिकामा प्राप्त ४९ करोड ७४ लाख १३ हजार ६ सय चौतिस रुपैया आम्दानी र ४० करोडा, ७६ लाख ६० हजार ४ सय चार रुपैया खर्च भएको छ ।
आर्थिक बर्ष २०७५/७६ मा भए गरेका बिकास निर्माणका कामको प्रगतिका बारेमा पनि उहाँले जानकारी गराउनु भएको छ । कार्यक्रममा पालिकामा भएका बिकास निर्माण र अन्य तालिमका कार्यक्रमहरुको बारेमा नागरिकहरुले राखेको प्रश्नको उत्तर सम्बन्धित वडाका वडा अध्यक्षहरु, शाखा प्रमुखहरु गउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङ, उपाध्यक्ष मखमली श्रेष्ठ लगाएतले दिएका थिए ।
कार्यक्रममा बोल्दै संबिधान सभाका सदस्य एबं नेकपा रामेछापका नेता तारानारयण श्रेष्ठले गाउँपालिकाका जनप्रतिनिधिहरुले गरेको काम चित्त बुझ्दो नभएको ब्यापक गुनासोहरु आइरहेकोले बेलैमा सच्चिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले पालिका अध्यक्ष देखि वडा अध्यक्षहरु सम्मले गरेको कामका वारेमा सार्वजनिक ठाउँमै टिका टिप्पणी हुन थालिसकेकोले सार्बजनिक सुनुवाइमा धेरै प्रश्नहरु आएन भनेर मख्ख नपर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नेकपाका स्थानीय प्रतिनिधि, नेपाली काँग्रेसका बेदराज लामा, नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्षहरु टीकाप्रसाद भट्ट, हिमाल ढुंगेल लगाएतले गाउँपालिकाले अझै प्रभाबकारी ढंगबाट काम गर्न नसकेको बताए । उनीहरुले कुनै पनि वडाका वडा अध्यक्षहरुले राम्रो गौरब गर्न लाएकका कामहरु गर्न नसकेको पनि बताए ।
यो बारेमा तपाईको प्रतिकृया