Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको छात्रा लक्षित कार्यक्रम : १५ सयले पाए निःशुल्क स्यानेटरी प्याड

बद्री नयाँघरे बद्री नयाँघरे
८ आश्विन २०७६, बुधबार
in स्थानीय सरकार
0
348
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप नगरपालिकाले नगर भित्र रहेका १३ वटा माविमा अध्ययनरत छात्राहरुलाई निःशुल्क घरेलु स्यानेटरी प्याड वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट नगर भित्रै घरेलु स्यानेटरी प्याड उत्पादन गरी विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क दिने निर्णय गरेको र सोही अनुसार नगर भित्रका एक हजार पाँच सय छात्रालाई स्यानेटरी प्याड वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड अति आवश्यक भएको र उनिहरुलाई निःशुल्क रुपमा वितरण गर्दा आर्थिक रुपमा समेत भार नपर्ने भएकाले केन्द्रिय सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा नआए पनि स्थानीय सरकारले त्यसको सुरुवात गरेको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो । छात्राहरुलाई निःशुल्क वितरण गर्ने स्यानेटरी प्याड नगर भित्रै उत्पादन गरेर वितरण गरिएको हुँदा नगरपालिकामा दक्ष महिला जनशक्ती तयार हुनुको साथै उनिहरुलाई आर्थिक रुपमा समेत फाईदा पुगेको उपप्रमुख खड्काको भनाई रहेको छ ।

घरेलु रुपमा उत्पादन गरिएको प्याड पुनः प्रयोग गर्न मिल्ने बताउदै उपप्रमुख खड्काले भन्नुभयो– ‘घरेलु प्याड पुनः प्रयोग गर्न मिल्ने हुँदा बजारमा पाईने तयारी प्याड भन्दा कम खर्चिलो हुन्छ, रसायनिक पदार्थको प्रयोग नहुने हुँदा स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा पुग्दछ भने गाउँमै उत्पादन गरि वितरण गर्दा कम खर्चिलो हुनुको साथै नगरभित्र स्वरोजगारको समेत दिर्घकालिन विकास हुन्छ ।’ घरेलु स्यानेटरी प्याड उत्पादन तथा वितरण कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रत्यक्ष फाईदा पुग्नुको साथै प्याड उत्पादन गर्ने महिलालाई समेत रोजगार मिलेको हुँदा यो कार्यक्रमलाई आगामी वर्षहरुमा समेत नगरपालिकाले निरन्तरता दिने उपप्रमुख खड्काले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्यानेटरी प्याड सबै महिलालाई आवश्यक हुने हुँदा घरेलु स्यानेटरी प्याडको सकारत्मक फाइदाको बारेमा सबै महिलालाई जानकारी गराउँनु पर्ने भएकाले नगरपालिकाले सचेतनामूलक कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।

घरेलु स्यानीटरी प्याड उत्पादन र वितरण कार्यको जिम्मा लिएको कम्पनीका अध्यक्ष गुञ्ज बहादुर कार्कीले नगरपालिकाको घरेलु स्यानेटरी प्याड उत्पादन कार्यक्रमले महिलालाई स्वरोजगार बनाएको बताउनुभयो । विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गरिदाँ कम आर्थिक अवस्था भएका छात्रालाई ठूलो राहात मिलेको कार्कीको भनाई रहेको छ ।

Share296Tweet22Share6

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

८ आश्विन २०७६, बुधबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

८ आश्विन २०७६, बुधबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

८ आश्विन २०७६, बुधबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

८ आश्विन २०७६, बुधबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

८ आश्विन २०७६, बुधबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

८ आश्विन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.