Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको चौथो जिल्ला सभा सुरु : जिससले समन्वयको भूमिका नखेलेको जनप्रतिनिधिको आरोप

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०७६, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
295
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सक्षम, समृद्ध र सभ्य रामेछाप भन्ने मुल नाराका साथ रामेछापको चौथो जिल्ला सभा तथा दोस्रो वार्षिक समीक्षा कार्यक्रम शुक्रबार देखि सुरु भएको छ । जिल्ला सभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै स्थानीय तहका प्रमुखहरुले जिल्ला समन्वय समितिले समन्वयको भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका प्रमुखहरुले नगरपालिका र गाउँपालिकालाई प्रदेश तथा संघीय सरकारसँग जिससले समन्वय गराउन नसक्दा पालिकाहरुलाई अफ्टेरो पर्दै गएको आरोप लगाएका छन् ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जिल्ला समन्वय समितिले जिल्लाका ८ ओटा स्थानीय तहसँग प्रदेश र संघीय सरकार बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा प्रदेश मन्त्री र संघीय मन्त्रीहरुलाई आफै भेट्न जानु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो–‘म व्यक्तिगत रुपमा सांसद र मन्त्रीहरुलाई चिन्छु, पद्धतीअनुसार संघीय सरकारलाई र प्रदेश सरकारलाई चिन्दिन तर मैले रामेछापको जिल्ला समन्वय समितिलाई राम्रोसँग चिन्दछु । संघीय सरकार र प्रदेश सरकारलाई चिनाउने काम र विकास निर्माणका काममा तीनै तहका सरकारसँग किन समन्वय गराउन सकेन जिल्ला समन्वय समितिले ?’ जिल्ला सभामा उठेका कुरा कार्यान्वयन गराउन सके जिल्लाका सबै स्थानीय तहलाई सजिलो हुने बताउँदै अध्यक्ष सुनुवाले यो आर्थिक वर्ष देखि देखिने गरी काम हुनु पर्ने धारणा राख्नुभयो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पालिकाहरुले सम्पन्न गरेका योजना अनुगमन गर्दा जिल्ला समन्वय समितिबाट प्रतिनिधित्व जनाउनको लागि मात्रै प्रतिनिधि आउने गरेको गुनासो गर्दै विषय विज्ञ कर्मचारी पठाउन आग्रह गर्नुभयो । प्रदेश तथा केन्द्र सरकारबाट आउने योजनाहरुमा जिल्ला समन्वय समितिले समन्वयकारीको भूमिका खेल्न नसक्दा विधि र विधान भन्दा बाहिरा रहेर पहुँचको भरमा योजना ल्याउनु पर्ने बाध्यता रहेको नगर प्रमुख थापा मगरले गुनासो गर्नुभयो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमनसिं मोक्तानले जनप्रतिनिधिहरुलाई व्यापक भ्रष्ट्राचार गरेको भन्ने गम्भिर आरोप लाग्ने गरको बताउनुभयो । अध्यक्ष मोक्तानले पालिकाहरुले विभिन्न योजना बनाउँदा प्रतिपक्षी दलका नेता, स्थानीय नागरिक, बुद्धिजीवि सहितको छलफलमा बनाउँने गरिएको तर कार्यान्वयमा ल्याउने बेला भ्रष्ट्राचार गरेको भन्ने आरोप उनिहरुले नै लगाउँदै हिड्ने गरेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै खाँडादेबी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जिल्ला समन्वय समिति रामेछापले जिल्लाका ६ ओटा गाउँपालिका र दुई नगपालिकालाई प्रदेश र केन्द्र सरकारसँग समन्वय गराएर समानुपातिक विकासमा सहयोग पु¥याउने गरी भूमिका खेल्नु पर्ने भनाई राख्नुभयो ।

जनप्रतिनिधिले अधिकार प्रयोग गर्न सके स्थानीय तहमा श्रोत प्रसस्त छ : सांसद श्रेष्ठ

संघीय सांसद श्याम कुमार श्रेष्ठले स्थानीय सरकारलाई अधिकार सहितको श्रोत प्राप्त हुने हुँदा स्थानीय तहमा गएको श्रोतलाई उचित रुपमा प्रयोग गर्दै आफ्नो पालिका विकासमा स्थानीय सरकारका प्रमुखले बढी ध्यान दिनु पर्ने बताउनुभयो । रामेछापको समग्र विकासमा अहिले तीनै तहका सकार लागीरहेको उहाँको भनाई रहेको छ । त्यस्तै संविधानसभा सदस्य तारानारायण श्रेष्ठले स्थानीय तहले संचालनमा ल्याएका योजनाहरुको अनुगमनमा विषय विज्ञ व्यक्ति नहुँदा गुणस्तरहिन काम हुन सक्ने भएकाले स्थानीय जनप्रतिनिधिले त्यसमा बढी ध्यान दिनु पर्नेमा जोड दिनुभयो । अहिले तीन तहका सरकारहरुले एक अर्कालाई आवश्यक पर्ने केही ऐन कानूनहरु बनाउन नसक्दा काम गर्न केही समस्या आएको बताउँदै त्यसको समधानमा सबै लाग्नु पर्ने धारण व्यक्त गर्नुभयो ।
कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले स्थानीय सरकारका प्रमुखहरुले योजनाको लागि प्रदेश र केन्द्र धाउनु भन्दा समग्र जिल्लाको विकास हुने गरी सबै जनप्रतिनिधिले एकै ठाउँमा बसेर एउटा संयुक्त योजना बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै तीन नम्बर प्रदेशकै सांसद रिता माझीले अहिले प्रदेश र केन्द्र सरकारबाट आउने योजनाहरु केही व्यक्ति र केही जनप्रतिनिधिलाई फाइदा पुग्ने गरी आएको आरोप लगाउँदै त्यसलाई बन्द गरेर जिल्लालाई समृद्ध बनाउने गरी बैज्ञानिक ढंगबाट बजेट विनियोजन तथा योजना तयार गरिनु पर्ने धारण राख्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, नेपाली काग्रेसका सभापति लवश्री न्यौपाने, समाजबादी पार्टीका नेता ललित गोले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिब दिपक कार्की, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्को अध्यक्षतामा भएको चौथो जिल्ला सभामा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको समेत सहभागिता रहेको छ । सभा शनिबार सम्पन्न हुने छ ।

Share245Tweet21Share6

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१० आश्विन २०७६, शुक्रबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१० आश्विन २०७६, शुक्रबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१० आश्विन २०७६, शुक्रबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१० आश्विन २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१० आश्विन २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१० आश्विन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.