Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको घुम्ती सिविरः ‘अशक्त व्यक्तिलाई परिचयपत्र वितरणसँगै विकाससँग जोड्ने काम सुरु’

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०७६, आईतवार
in स्थानीय सरकार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकाले नगरपालिकाको कार्यालय सम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई लक्षित गरी गाउँमै गएर घुम्ती सिविर मार्फत परिचय पत्र वितरण तथा नविकरणको काम सुरु गरेको छ । वडा नम्बर १ देखि ९ नम्बर सम्म संचालन गरिने सिविर आइतवार वडा नम्बर १ गोठगाउँबाट सुरु गरिएको नगरपालिकाले बताएको छ । अहिले सम्म परिचय पत्र प्राप्त गर्न नसकेका र परिचय–पत्र लिएर पनि नविकरण नगरिएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुर्‍याउने उद्धेश्यले घुम्ती सिविर मार्फत वडा कार्यालयमै गएर सेवा दिन सुरु गरिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो ।

स्थानीय अपाङ्गता समन्वय समितिको आयोजनामा संचालन गरिएको सिविरमा परिचय पत्र वितरण गरिनुको साथै उनिहरुलाई कसरी विकासमा जोड्ने भन्ने विषयमा समेत अध्ययन गरि आगामी दिनमा योजनानै बनाएर अगाडि बढाईने समेत योजना रहेको उपप्रमुख एवं समितिकी संयोजक खड्काको भनाई रहेको छ । स्थानीय सरकार आउनु भन्दा पहिला अध्ययन नगरी अपाङ्गता परिचयपत्र वितरण गरिएको र त्यसले केही व्यक्तिहरुलाई समस्या भएको हुँदा त्यस्ता परिचयपत्रको छानविन समेत गरिने उहाँको भनाई रहेको छ ।

सिविरको पहिलो दिन आइतबार गोठगाउँमा २ जनालाई नयाँ अपाङगता परिचयपत्र वितरण गरिएको छ भने ३१ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ । त्यस्तै १५ जना अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र नविकरण गरिएको छ । सोमबार वडा नम्बर ३ को साँघुटारमा सिविर संचालन हुने बताईएको छ ।

Share20Tweet13Share4

Related Posts

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

१३ पुष २०७६, आईतवार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

१३ पुष २०७६, आईतवार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

१३ पुष २०७६, आईतवार
सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 
देश

सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 

१३ पुष २०७६, आईतवार
वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर
देश

वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर

१३ पुष २०७६, आईतवार
शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 
देश

शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 

१३ पुष २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.