Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘भोट दिएर पठाएका थियौं, अपाङ्गता परिचय पत्र लिएर गाउँमै आए– यो पो होत हाम्रो सरकार’

बद्री नयाँघरे बद्री नयाँघरे
१५ पुष २०७६, मंगलवार
in स्थानीय सरकार
0
335
SHARES
Share on FacebookShare on Twitter

देउराली- रामेछाप नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सिविर मार्फत वडा कार्यालय र वडा सम्म आउन नसक्नेका लागि घरमै गएर अपाङ्गता परिचय पत्र वितरण गर्न थाले पछि अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना लागि पनि सरकार भएको महसुस गर्न थालेका छन् ।

मंगलबार रामेछाप–२ देउरालीमा नगरपालिकाले आयोजना गरेको घुम्ती सिविरमा छोराको अपाङ्गता परिचय पत्र बने पछि मन्थली धाउँदा समेत परिचयपत्र नबनेको तितो अनुभव सुनाउँदै रण बहादुर मगरले भने –‘पाँच वर्ष देखि बेपत्त भएको सपाङ्ग छोरो पाँच वर्ष पछि मलाई समेत चिन्न नसक्ने गरी अपाङ्ग भएर घर फर्क्यो । घरमा एक्लै थिएँ । बुढेसकालको साहारा नै यस्तो भएर आए पछि म आफू पनि एक पटक बेहोसी नै भएँ । अपाङ्ग छोरालाई केही भए पनि राहात मिल्छ भनेर सदरमुकाम मन्थली गएको थिएँ । तर केही राहात मिल्छ भनेर गएको मान्छे अपाङ्गता परिचय पत्र समेत नबने पछि रित्तो हात फर्किनु पर्‍यो । अनि मलाई लाग्यो अपाङ्गको लागि सरकार छैन् । तर होइनरहेछ आफूले भोट दिएर जिताएर पठाएका सरकारका प्रमुखहरुले अपाङ्गहरुलाई माया मारेका रहेनछन् । किनकी आज आफ्नै वडा कार्यालयमा सजिलै परिचयपत्र बन्यो ।’

छोराको अपाङ्गता परिचय पत्र बनाउन आएका रणबहादुर मगर र उनका छोर सुर्य बहादुर

राम्रो सँग बोल्न समेत नसक्ने रण बहादुरले त्यति मात्रै भनेन् ‘भोट दिएर पठाएका थियौं, अपाङ्गता परिचय पत्र लिएर गाउँमै आए– यो पो होत हाम्रो सरकार ।’ उनि मात्रै हैनन् यस अघि परिचय पत्र बनाउँनको लागि डोकोमै मन्थली सम्म विरामी बोकेर लैजाने आफन्ता पनि घरमै परिचयपत्र नविकरण भए पछि खुसी हुँदै स्थानीय सरकारलाई धन्यवाद भन्छन् ।

परिचय पत्र वितरण नगरपालिकाबाटै हुने भए पनि आफूहरु जनताकै लागि निर्वाचित भएकाले नगर सम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण र जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरणको काम घर–घरमै गएर वितरण गरिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताईन् । आइतबार देखि सुरु भएको सिविर सकिए पछि अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष फाइदा पुग्ने गरि आयआर्जनमूलक कार्यक्रम तयार गरिने पनि उपप्रखु खड्काको भनाई रहेको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी वडाबाट पनि उनिहरुको जीविको पार्जनमा टेवा पुग्ने गरी वडाले पनि योजना अगाडि सारेर काम गरिरहेको वडा नम्बर २ देउरालीका वडाध्यक्ष निर बहादुर श्रेष्ठले बताए ।

मंगलबारको घुम्ती सिविरमा वडा नम्बर २ देउरालीमा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको सिविरमा सहभागि रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले बताए । बुधबार रामेछाप–८ मा वितरण गरिने पनि सुवेदीले बताए ।

Share277Tweet24Share7

Related Posts

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

१५ पुष २०७६, मंगलवार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

१५ पुष २०७६, मंगलवार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

१५ पुष २०७६, मंगलवार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

१५ पुष २०७६, मंगलवार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

१५ पुष २०७६, मंगलवार
नगर कपको उपाधि मन्थली वडा नं–१ लाई
खेलकुद

नगर कपको उपाधि मन्थली वडा नं–१ लाई

१५ पुष २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.