Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा अपाङ्गता परिचय-पत्र वितरण कार्य जारी, उपप्रमुख खड्का भन्छिनः ‘अपाङ्ग मैत्री विकासमा जोड दियौं’

बद्री नयाँघरे बद्री नयाँघरे
१६ पुष २०७६, बुधबार
in स्थानीय सरकार
0
76
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको अपाङ्गता परिचय पत्र वितरण घुम्ती सिविर बुधबार पनि जारी रहेको छ । बुधबार रामेछाप नगरपालिका वडा नम्बर ८ का १९ जना अपाङ्गगता भएका व्यक्तिहरुले परिचयपत्र लिएका छन् । रामेछाप नगरपालिकाको आयोजनामा ८ नं वडाको कार्यालयमा राखिएको घुम्ती सिविरमा १० जनाले नयाँ परिचय पत्र पाएका छन् भने ९ जनाले पुरानो परिचय पत्र नविकरण गरेका छन् ।

अशक्त व्यक्तिहरुको सहजतालाई ध्यानमा राखेर सिविर संचालन गरिएको घुम्ती सिविरमै रहनुभएका रामेछाप नगरका अधिकृत नारायण सुवेदीले बताउनुभयो । त्यस्तै सिविर वडामा राखिएको भए पनि वडा कार्यालय सम्म आउन नसक्नेहरुको घरमै गएर वितरण गरिएको पनि अधिकृत सुवेदीले बताउनुभयो ।

अपाङ्ग मैत्री विकासमा जोड दियौंः उपप्रमुख खड्का

परिचय पत्र वितरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र बनाउने मात्रै नभएर आफ्ना लागि राज्यले दिएका सेवासुविधाको बारेमा बढी चनखो हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय अपाङ्गता समन्वय समितिको संयोजक समेत रहनुभएकी उपप्रमुख खड्काले वडामा लक्षित वर्गको लागि बजेटनै जाने हुँदा त्यो बजेटबाट आफूलाई दिर्घकालिन रुपमा फाइदा हुनेगरी योजना बनाएर कार्यान्वयन गराउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै उपप्र्रमुख खड्काले अपाङ्गता भएका व्यक्तिालाई आपत्त पर्दा सुरक्षित स्थानमा राख्नेगरी नगरपालिकाले सेफहाउस बनाउने योजना अगाडि सारेको समेत जानकारी गराउनुभयो । नगरभित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिलाई समेट्ने गरी अपाङ्गमैत्री विकासमा सबै लाग्नु पर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा सदस्य सन्तोष तामाङले अपाङ्गमैत्री विकासको लागि वडा लागी परेको बताउनुभयो । वडा सदस्य तामाङले वडा भित्र रहेका अशक्त व्यक्तिहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । घुम्ती सिविरमा उपप्रमुख सृजना खड्का, सम्बन्धित वडाको वडाध्यक्ष, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा. निशान्त भण्डारी, विषयगत शाखाका कर्मचारी लगायतको टोली रहेको छ ।

Share30Tweet19Share5

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

१६ पुष २०७६, बुधबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

१६ पुष २०७६, बुधबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

१६ पुष २०७६, बुधबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

१६ पुष २०७६, बुधबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१६ पुष २०७६, बुधबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

१६ पुष २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.