हिमगंगा- रामेछाप नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरेको अपाङ्गता परिचय पत्र वितरण घुम्ती सिविर विहिबार रामेछापको वडा नम्बर ४ हिमगंगामा पुगेको छ । हिमगंगाको हिमगंगा स्वास्थ्य चौकीमा राखिएको सिविरमा १० जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।
हिमंगामा एकै ठाउँमा सेवाग्राही आउन नसक्ने भएकाले शुक्रबार पनि बाँकी रहेका व्यक्तिहरुलाई हिमगंगाको धारापानी बसेरीमा परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको घुम्ती सिविरमै रहनुभएका रामेछाप नगरका अधिकृत नारायण सुवेदीले बताउनुभयो । त्यस्तै सिविर राखिएको ठाउँ सम्म आउन नसक्नेहरुको घरमै गएर वितरण गरिएको गरिने पनि अधिकृत सुवेदीले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको सहजतालाई लक्षित गरी सिविर आयोजना गरिएको होः उपप्रमुख खड्का
परिचय पत्र वितरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले अपाङ्गता भएका व्यक्तिहरुकै सहजतालाई लक्षित गरी गाउँ–गाउँमा सिविरको आयोजना गरिएको बताउनुभयो । सारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई एउटा परिचय पत्र लिनकै लागि नगरपालिका सम्म आउन निकै कष्ट हुने भएकाले उनिहरुको घरमै गएर परिचयपत्र दिइएको उहाँको भनाई रहेको छ ।
स्थानीय अपाङ्गता समन्वय समितिको संयोजक समेत रहनुभएकी उपप्रमुख खड्काले वडामा लक्षित वर्गको लागि विनियोजित रकम दुरुपयोग हुन सक्ने भन्दै लक्षित वर्गका लागि विनियोजित रकममा सबैले चासो दिनु पर्नेमा जोड दिनुभयो ।
सिविरमा उपप्रमुख सृजना खड्का, वडा नम्बर ४ का वडाध्यक्ष टुपेन्द्र तामाङ्ग, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा. निशान्त भण्डारी, विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया