Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकार भनेकै स्थानीयको समस्या बुझ्ने सरकार होः नगर प्रमुख थापामगर

बद्री नयाँघरे बद्री नयाँघरे
२१ पुष २०७६, सोमबार
in स्थानीय सरकार
0
696
SHARES
Share on FacebookShare on Twitter

सुकाजोर- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले स्थानीय सरकार भनेकै स्थानीय नागरिकको समस्या बुझ्ने सबै भन्दा नजिकको सरकार भएको बताउनुभएको छ । सोमबार रामेछाप नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेको पीडालाई स्मरण गर्दै नगर प्रमुख थापामगरले उनिहरुले भोग्दै आएको पीडालाई न्यूनीकरण गर्नको लागि रामेछाप नगरपालिका लागीरहेको बताउनुभएको हो ।

नगरपालिका सम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी वडा कार्यालयबाट परिचय पत्र वितरण कार्यक्रमले उनिहरुलाई निकै फाइदा पुगेको नगर प्रमुख थापामगरको भनाई रहेको छ । उहाँले अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिर्घकालिन फाइदा पुग्ने गरी नगरपालिकाले योजना नै बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक मुद्दामा सबै एक जुट भएर लाग्नु पर्नेमा पनि उहाँको जोड रहेको छ ।

सुकाजोरमा ९० जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिले पाए परिचयपत्र

गत आइतबार देखि संचालन भएको अपाङ्गता परिचय पत्र वितरणको घुम्ती सिविरमा सोमबार रामेछाप–७ सुकाजोरमा ११ जना अपाङ्गता भएका व्यक्ति र ९० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । स्थानीय सरकार आउनु भन्दा पहिला महिला तथा बालबालिकाको कार्यालयले वितरण गर्दै आएको अपाङ्गता परिचय पत्र स्थानीय सरकार आए पछि बनेको स्थानीय अपाङ्गता समन्वय समितिले नविकरण तथा नयाँ जारी गर्न थालेको छ ।

गत आइतबार देखि रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँबाट सुरु भएको घुम्ती सिविरमा स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक एवं रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, सम्बन्धित वडाका वडाध्यक्ष, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा.निशान्त भण्डारी, समितिका पदाधिकारी, विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको छ ।
मंगलबार रामेछाप ९ ल्याङल्याङमा सिविर हुने रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

Share637Tweet25Share7

Related Posts

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२१ पुष २०७६, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२१ पुष २०७६, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

२१ पुष २०७६, सोमबार
सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 
देश

सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 

२१ पुष २०७६, सोमबार
वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर
देश

वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर

२१ पुष २०७६, सोमबार
शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 
देश

शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 

२१ पुष २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.