Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै स्त्री रोग सिविर आउँदाको फाइदाः ‘सित्तैमा उपचार हुने भयो, बल्ल भोट दिएको काम लाग्यो’

बद्री नयाँघरे बद्री नयाँघरे
१५ माघ २०७६, बुधबार
in स्थानीय सरकार, स्वास्थ्य
0
793
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- बुधबार मध्य दिउँसो जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा ६८ वर्षिया एक महिला निकै खुसी मुद्रमा हुनुहुन्थ्यो । वर्षौ देखि तल्लो पेट दुखाईको पीडामा रहनुभएकी ६८ वर्षिया महिलाले आफ्नो पीडा एकै छिनमा भुल्नुभयो । पीडा भुल्नुको कारण एउटै थियो, वर्षौ देखि दुख्दै आएको तल्लो पेटको जाँच पछि डाक्टरले भनेको शब्द– ‘उपचार पछि तपाईको दुखाई हराउँछ ।’

आफैले भोट दिएर बनेको गाउँकै सरकारले पैसा नलाग्ने सिविर राखेको छ भन्ने कुरा थाहा पाएर सिविरमा आउनुभएकी रामेछाप ८ की देबी माया तामाङले विगतको दुखाईलाई सम्झिनुभएन, बरु खुसी हुँदै सरकार प्रमुखलाई यसरी सम्झिनुभयो –‘धेरै वर्ष देखि दुखीरहेको पेट अहिले नै दुख्न छोड्यो, एक भोट दिएको बल्ल काम लाग्यो, उपचार गर्न पैसा पनि लाग्दैन रे, डाक्टर साबले भन्नुभाको उपचार पछि मेरो पेट पनि दुख्दैन रे ।’

जाँचका क्रममा डाक्टरले देवी मायालई रेक्टोसिल र सिस्टोसिल भएकाले उपचार गरेपछि उहाँलाई निको हुने बताएका थिए ।

यस्तो खुसी देवी मायाले मात्रै व्यक्त गर्नुभएन त्यहाँ आएका अन्य महिलाहरुले पनि आफूहरुका लागि स्थानीय सरकारले ल्याएको निःशुल्क स्वास्थ्य सिविर निकै उपयोगी र सहयोगी भएको बताए ।

रामेछाप नगरपालिका वडा नम्बर ६ घर भई हाल गौरीशंकर माविमा अध्यापन गराउनुहुने शिक्षिका निशा खाड्काले गाउँमै राखिएको स्त्री रोग स्वास्थ्य सिविर गाउँबाट काठमाण्डौ सम्म जान नसक्ने महिलाहरुका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाँले यस्ता सिविरले महिलाहरुको पाठेघरमा देखिने समस्या, तल्लो पेट दुख्ने लगायतका विभिन्न समस्या कम भई चेतनामा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

रामेछाप नगरपालिका र बज्र समाज नेपालको आयोजनामा राखिएको स्त्री रोग स्वास्थ्य सिविरमा तामाकोशी सहकारी अस्पताल मन्थली र जिल्ला अस्पताल रामेछापको समन्वय रहेको छ ।

पहिलो दिन ४२ जनाले लिए सेवा

पहिलो चरणको सिविर अन्तरगत पहिलो दिन बुधबार वडा नम्बर ७, ८ र ९ का महिलालाई लक्षित गरी जिल्ला अस्पतल रामेछापमा राखिएको सिविरमा ४२ जना महिलाले सेवा लिएको रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामशरण पौडेलले बताउनुभयो । उहाँका अनुसार सिविर विहिबार वडा नम्बर ४ का महिलालाई लक्षित गरी हिमगंगा स्वास्थ्य चौकी बोलङ–बोलङमा राखिएको छ ।

शल्यक्रिया गर्नु पर्ने विरामीलाई नगरपालिकाले सबै खर्च व्यहोर्छः नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले नगरभित्रका महिलाको स्वास्थ्य संवेदशिलतालाई मध्यनजर गरी गाउँ–गाउँ लगिएको सिविरमा शल्यक्रियाको लागि छनौट भएका विरामीलाई काठमाण्डौँ आवतजावत लगायत शल्यक्रिया सहितको खर्च नगरले व्यहोर्ने बताउनुभयो । नगर प्रमुख थापामगरले सिविरमा नगरभित्रका सबै महिलालाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।

आर्थिक अभाव र जनचेतना कमीका कारण महिलाहरुले आफ्नो (विषेश गरी यौनागंको नियमित) स्वास्थ्य परिक्षण नगराउँदा भविष्यमा जटिल समस्या आउन सक्ने भएकाले त्यसको निराकणको लागि बज्र समाज नेपालले विगत वर्ष देखिनै गर्दै आएको सिविर यस वर्ष नगरपालिकासँग मिलेर गरेको समाजका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । यस्ता सिविरले महिलाले भोग्दै आएका पीडा कम हुने अध्यक्ष मगरको दावी रहेको छ ।

शीर मेमोरियल अस्पतालका स्त्री रोग विषेशज्ञ डा. प्रशंशा उलकको नेतृत्वमा रहेको टोलीले पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ते तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध गराउने छ ।

Share674Tweet50Share14

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१५ माघ २०७६, बुधबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ माघ २०७६, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ माघ २०७६, बुधबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१५ माघ २०७६, बुधबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१५ माघ २०७६, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१५ माघ २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero