Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीयका माग पूरा नभए फागुन २० गते देखि हाइड्रोपावर बन्द हुन्छन्ः अध्यक्ष सुनुवार

नेपाल अभियान नेपाल अभियान
२ फाल्गुन २०७६, शुक्रबार
in स्थानीय सरकार
0
3.2k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले पालिकाभित्र निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले स्थानीयको माग पूरा नगरे फागुन २० गते देखि लिखुखोलामा निर्माणाधिन सबै आयोजना बन्द गर्ने चेतावनी दिनुभएको छ । पालिकाबाट प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता विषयक सोमबार भएको सार्वजनिक सुनुवाईमा निर्माणधिन जलविद्युत आयोजनाले यस अघि स्थानीयसँग पटक–पटक गरेका सम्झौतालाई लत्याउँदै एकलौटी ढंगले अगाडि बढेको भन्ने स्थानीयले गुनासो गरेपछि फागुन २० सम्ममा स्थानीयका माग पूरा नभए स्थानीय सरकारले सबै आयोजना बन्द गर्ने चेतावनी दिनुभएको हो ।

सन् २०१० देखि काम सुरु भएका आयोजनाबाट उमाकुण्ड गाउँपालिकाको वडा नं १, वडा नम्बर २, वडा नम्बर ३ र वडा नम्बर ७ का स्थानीय प्रत्यक्ष रुपमा प्रभावित छन् । लाप्चानेका सम्बर बहादुर तामाङले भन्नुभयो– ‘लिखुखोलामा निर्माणाधिन हाइड्रोपावरले विद्युतको लाईन विस्तार गर्नको लागि लाप्चानेमा आएर एक आनाको तीन लाख आउँछ भन्दै जंगल फडानी गरेर आसअश्वन देखाउँदै काम गरे । अहिले पैसा पनि दिएनन्, विद्युतको लाईन विस्तार पनि अर्कै ठाउँबाट गराउँदै छन् । हामीलाई भुलभुलैयामा परियो ।’

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नेकपा उमाकुण्डका अध्यक्ष चित्र बहादुर कार्कीले एक दशक देखि लिखुखोलामा काम गरीरहेको दुगड ग्रुपले स्थानीयसँग गरेका सम्झौतालाई बेवास्ता गर्दै राज्यलाई नै ठगीरहेकाले त्यसको नियान्त्रणमा स्थानीय सरकारले चासो दिनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष कार्कीले भन्नुभयो– ‘आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले हाइड्रोपावार र स्थानीय जनप्रतिनिधिबीचको मिलेमतोमा स्थानीयको समस्या समधान नभएको भन्ने आरोप लगाउन थालेका छन्, स्थानीय सरकारले नागरिकलाई त्यसको यथार्थ बताउन नसक्ने हो भने जनप्रतिनिधिलाई नै अफ्टेरो पर्न सक्छ ।’

त्यस्तै नेपाली काग्रेसका जिल्ला सचिब विष्णु बस्नेतले उमाकुण्डमा संचालित हाइड्रोपावरहरु व्यक्तिको शक्तिलाई प्रयोग गरेर स्थानीयको समस्यालाई बेवास्ता गर्दै अगाडि बढेकाले आम नागरिकहरु हाइड्रोप्रति रुष्ट भएको बताउनुभयो । यदि हाइड्रोपावरले ग्रामिण क्षेत्रको विकास चाहेको हो भने स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा सचिव बस्नेतको जोड रहेको छ ।

हाइड्रो प्रभावित स्थानीयले हाइड्रोपावरले सामजिक उत्तरदायित्वको रकमले आफ्नो आयोजना निर्माणको लागि आवश्यक पर्ने सडक बनाउन र पुल बनाउने काम बाहेक केही पनि नगरेको अरोप समेत लगाएका छन् । सामाजिक उत्तरदायित्वको रकम कति हो भन्ने सम्म स्थानीयलाई जानकारी नगराई विभिन्न काम गरेको भन्दै गाउँपालिकामा खर्च मात्रै पेश गरिएकाले त्यसमा स्थानीय सकारले चासो दिनु पर्नेमा स्थानीयको जोड रहेको छ ।

जलविद्युत आयोजनाबाट स्थानीय मात्रै नभई वडाअध्यक्षहरु पनि रुष्ट देखिएका छन् । सार्वजनिक सुनुवाईमा हाइड्रोपावरले प्रहरीका उच्च अधिकारीहरु लगाएर धम्क्याउन लगाउने, वडामा गरिने काम पनि आफूखुसी गर्ने, वातावरणलाईनै प्रतिकुल असर पार्ने गरी काम गरिरहेको वडाध्यक्षहरुको भनाई रहेको छ ।

वडाध्यक्षहरुले समेत हाइड्रोपावरको ज्यादतीको बारेमा कुरा उठाएपछि गाउँपालिका अध्यक्ष सुनुवारले यस अघि पटक–पटक छलफल र सहकार्य गरेर काम गर्न हाइड्रोपावरका प्रतिनिधिलाई अनुरोध गर्दा पनि आफ्नो अनुरोधलाई स्वीकार गरेकाले अब बसेर छलफल गर्नु भन्दा पनि यसअघि स्थानीयसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्न हाइड्रोका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

हाइड्रोपावरको काम अगाडि बढाउन स्थानीय, प्रदेश र संघिय सरकाको साझा अधिकार भित्र रहेर काम गर्नु पर्नेभए पनि स्थानीय सरकारसँग कुनै सम्झौता र सहकार्य नगरेकाले अब फागुन २० गते पछि स्थानीय सरकारको अधिकार प्रयोग गरेर जनताको मागलाई सम्बोधन गर्ने गरी गाउँपालिका कडा रुपमा प्रस्तुत हुने समेत अध्यक्ष सुनुवारले प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्यक्ष सुनुवारले सबै वडामा हाइड्रोले विना अनुमती काम गर्न खोजे तत्काल बन्द गर्न निर्देशन समेत दिनुभयो ।

हाइड्रोको गोलमोटल जवाफः वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारनै काम भइरहेको छ

सार्वजनिक सुनुवाईमा स्थानीय नागरिक देखि स्थानीय जनप्रतिनिधिले समेत हाइड्रोले स्थानीयलाई पेलेर एकलौटी ढंगबाट काम अगाडि बढाएको भन्ने गुनासो गरे पनि हाइड्रोपावरले भने त्यसको जवाफ दिनु भन्दा आफूहरुले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारनै काम अगाडि बढाएको भन्ने गोलमोटल जवाफ दिएको छ । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिँदै हाइड्रोपावरका पब्लिक रिलेशन अफिसर रोकट बहादुर बस्नेतले हाइड्रो प्रभावित क्षेत्रका स्थानीयबाट आएका सबै गुनासो निराकण नहुने भएकाले गुनासो न्यूनिकरणमा आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुनै पनि विकास निर्माणलाई रोक्ने काम विपक्षी बाहेक अरुले गर्न नमिल्ने भन्दै यदि हाइड्रोपावरले विधि–विधान भन्दा बाहिर रहेर काम गरेको पाइएमा स्थानीय सरकारले विधि– विधान अनुसार काम गर्न निर्देशन दिए आफूहरु त्यही अनुसार काम गर्न तयार रहेको बस्नेतले बताउनुभयो । बस्नेतले स्थानीय सरकारसँग समन्वय गरेरनै काम आगडि बढाउने प्रतिवद्धता व्यक्त पनि गर्नुभएको छ ।

अहिले जलविद्युत आयोजनाको काम जारी रहेकाले त्यसलाई समयमै निर्माण सम्पन्न गराउनको लागि सहयोग गरिदिन आग्रह गर्दै पब्लिक रिलेशन अफिसर रोकट बहादुर बस्नेतले आयोजना सम्पन्न भई विद्युत उत्पादन भएपछि नागरिकहरु विकासमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।

उमाकुण्ड गाउँपालिकामा दुगड समूहका सहायक कम्पनी पान हिमालय इनर्जी प्रालिले ७७ मेगावाटको लिखु १, ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालिले ५१ मेगावाटको लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले २९ मेगावाटको लिखु ए जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने गरी रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३ र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका केही वडाको भूभागमा काम गरीरहेका छन् । त्यस्तै वडा नम्बर ३ मै ३२ मेगावटको पिके हाइड्रोपावर र वडा नम्बर १ लाछेवरमा भिजन इनर्जी एण्ड पावर प्रालिले अपर लिखुको काम अगाडि बढाइरहेका छन् ।

Share2653Tweet232Share65

Related Posts

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२ फाल्गुन २०७६, शुक्रबार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

२ फाल्गुन २०७६, शुक्रबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

२ फाल्गुन २०७६, शुक्रबार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

२ फाल्गुन २०७६, शुक्रबार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

२ फाल्गुन २०७६, शुक्रबार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

२ फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.