Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको स्त्री रोग सिविरः विरामीको घरमै पुग्छन् डाक्टर, एक हप्तामा पाँच सयले लिए सेवा

बद्री नयाँघरे बद्री नयाँघरे
१० फाल्गुन २०७६, शनिबार
in स्थानीय सरकार
0
98
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकाले विरामी अस्पताल हैन डाक्टर नै विरामीको घरमा पुग्ने अभियान सुरु गरेसँगै हजारौँ सेवाग्रहीले स्वास्थ्य लाभ लिइरहेका छन् । अघिल्लो वर्ष देखि नै नगरपालिकाले स्थानीयहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्ने गरी गाउँ–गाउँमा विभिन्न रोगको उपचार गर्नेगरी स्वास्थ्य विशेषज्ञ सहितको स्वास्थ्य घुम्ती सिविर संचालन गरेको छ । नगरले यस वर्ष आँखा, दाँत र स्त्री रोगका विरामीहरुको रोगको पहिचान गरी निःशुल्क उपचार गरी सकेको छ ।

ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि चेतना अभावका कारण पाठेघरको क्यान्सरबाट पीडित हुने गरेको भन्दै त्यसको रोकथामको लागि नगरपालिकाले नगरका ९ ओटै वडाका महिलालाई लक्षित गरी नगरपालिका र बज्र समाज नेपाल रामेछापकाे संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनु भयो । उहाँले भन्नुभयो– ‘गाउँका महिला दिदीबहिनीहरु अझै पनि चेतना अभावका कारण घरमै रोग लुकाएर बस्नुभएको छ । त्यस्ता महिलाहरुलाई लक्षित गरी गाउँमै स्वास्थ्य सिविर लगिएको हो । महिलाहरुको स्वास्थ्य परिक्षण पछि रोग भेटिएकाहरुलाई नगरपालिकाले नै निःशुल्क उपचार गरिदिन्छ ।’

वडाको स्वास्थ्य चौकीमा सेवा लिने गरी राखिएको स्त्री रोग स्वास्थ्य सिविरमबाट पाँच सय ४५ जना महिलाले स्वास्थ्य लाभ लिएको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण पौडेलले बताउनुभयो । दुुई चरणमा संचालन गरिएको सिविरमा गाउँका महिलाहरुको राम्रो सहभागिता रहेको उहाँको दावी रहेको छ । स्वास्थ्य लाभ लिन आउने धेरै जसो सेवाग्रहीको सिविरमै उपचार गरिएको र सिविरमा उपचार हुन नसकेका बिरामीलाई चाँडै उपचारको ब्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।

आर्थिक अभाव र जनचेतना कमीका कारण महिलाहरुले आफ्नो (यौनागंको नियमित) स्वास्थ्य परिक्षण नगराउँदा भविष्यमा जटिल समस्या आउन सक्ने भएकाले त्यसको निराकणको लागि बज्र समाज नेपाल रामेछापले विगतका वर्ष देखिनै गर्दै आएको सिविर यस वर्ष नगरपालिकासँग समन्वय गरेर संचालन गरिएको समाजका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । यस्ता सिविरले महिलाले भोग्दै आएका पीडा कम हुने अध्यक्ष मगरको दावी रहेको छ । यस अघि सिविर संचालन गरेको ठाउँमा रोग लागेका महिलाहरु कम भेटिएको अध्यक्ष मगरले बताउनुभयो ।

शीर मेमोरियल अस्पतालका स्त्री रोग विषेशज्ञ डा. प्रशंशा उलकको नेतृत्वमा रहेको टोलीले पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ते तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध गराएको छ ।

रामेछाप नगरपालिका र बज्र समाज नेपालको आयोजनामा भएको स्वास्थ्य सिविरमा तामाकोशी सहकारी अस्पताल, रामेछाप अस्पताल र वडा स्वास्थ्य चौकीहरुको समेत सहयोग रहेको छ ।

Share39Tweet25Share7

Related Posts

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१० फाल्गुन २०७६, शनिबार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

१० फाल्गुन २०७६, शनिबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

१० फाल्गुन २०७६, शनिबार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

१० फाल्गुन २०७६, शनिबार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

१० फाल्गुन २०७६, शनिबार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

१० फाल्गुन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.