Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको विकासमा सबै एकः संविधानविधलाई साक्षी राखेर ३० बुँदे प्रतिबद्धता पत्र जारी

बद्री नयाँघरे बद्री नयाँघरे
१८ फाल्गुन २०७६, आईतवार
in स्थानीय सरकार
0
634
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरुले नगरको विकासलाई थप प्रभावकारी बनाउनको लागि ३० बुँदे प्रतिबद्धता पत्र जारी गरेका छन् । जनप्रतिनिधि र  कर्मचारीहरुका लागि नगरपालिकाले आयोजना गरेको क्षमता अभिबृद्धि तालिम समापन पछि नगरपालिकाको विकासलाई थप प्रभाकारी बनाउनको लागि नगरको बजेट विनियोजन देखि योजना कार्यन्वयनलाई समेत पारदर्शि र प्रभावकारी बनाउनेमा सबै जनप्रतिनिधि र कर्मचारीले प्रतिबद्धता जनाएका हुन् ।

तीन दिन सम्म चलेको तालिममा प्रशासन सुधार आयोग र प्रशासकिय अदालतका अध्यक्ष  काशिराज दाहालले स्थानीय तहले पूरा गर्नु पर्ने कर्तव्य लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक काशिराज दाहालले स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएकोले सेवा प्रदायकले सबै नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रबाह गर्न अनुरोध गर्नुभयो । उहाँले स्थानीय सरकारले शुसासन कायम गर्दै बिकास निर्माणका कामहरु गर्नुपर्ने कुरालाई जोड दिनभयो । स्थानीय तहले आफ्ना नागरिकहरुलाई आधारभूत कुराहरु दिनुपर्ने हुँदा जनता प्रति उत्तरदायि हुँदै उनीहरुको बिश्वास लिएर काम गर्नुपर्ने उहाँको जोड रहेको छ । स्थानीय सरकार प्रतिनिधिले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ बिधि र बिवेक प्रयोग गरी काम गर्न सके सुशासन कायम हुुने बताउनुभयो ।

कार्यक्रमा बोल्दै नगरप्रमुख नर बहादुर थापाले ३ दिन सम्मको ज्ञान र सीपले आफूलाई धेरै कुरा सिकाएको भन्दै काम गर्ने क्रममा आफू पनि इमान्दारीताका साथ ३० बुँदे प्रतिबद्धता लाई आत्साथ गर्दै काम गर्ने र अरुले पनि सोही अनुसार काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

त्यस्तै उपप्रमुख सृजना खड्काले आफू न्यायिक समितिको संयोजक भएपनि धेरै कानुनी कुराहरु र ब्यवहरारीक कुराहरु तालिमले सिकाएको बताउनु भयो । उहाँले नगरको सेवा प्रवाह देखि विकास निर्माणका कामलाई थप पारदर्शिता बनाउने र आफूहरुलाई जवाफदेहिका लागि तालिमले उर्जा थपेको बताउनु भयो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलले तालिमले धेरै ज्ञान र सिप मात्र सिकाएको नभई ३० बुँदे साझा प्रतिबद्धताले अबको कार्यशैली पूर्ण रुपले परिवर्तन आउने र निति नियमलाई थप कडाइका साथ लागु गर्न सजिलो भएको बताउनुभयो । उहाँले प्रतिबद्धता कार्यान्वयनको अबस्थाको बारेमा अनुगमन गर्न तेस्रो पक्षलाई जिम्मेवारी दिने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले तालिम तथा अन्य कार्यक्रमहरुमा धेरै प्रतिबद्धता हुने गरेको भएपनि त्यसको कार्यान्वयनको अबस्थाको अनुगमन नहुदा कार्यान्वन फितलो हुने गरेको बताउनु भयो । उहाँले अभाव, प्रभाव र दवाबमा काम गर्दा अधिकांस काम बिग्रने गरेको र त्यसले जनप्रतिनिधि र कर्मचारीहरुलाई नागरिकले हेर्ने दृष्टिकोण फरक हुने गरेकोले कुनै पनि दबाव र प्रभावमा नपरी काम गरे नागरिकले समेत सकरात्मक दृष्टिले हेर्ने बताउनुभयो ।

तीन सम्म चलेको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाे सहभागिता रहेको थियो ।

Share579Tweet23Share6

Related Posts

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१८ फाल्गुन २०७६, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१८ फाल्गुन २०७६, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ फाल्गुन २०७६, आईतवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१८ फाल्गुन २०७६, आईतवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१८ फाल्गुन २०७६, आईतवार
मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न
समाचार

मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न

१८ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.