Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’

बद्री नयाँघरे बद्री नयाँघरे
२ चैत्र २०७६, आईतवार
in स्थानीय सरकार
0
1.6k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो ।

वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिएर पुग्छ । भत्ता बोकेर विभिन्न टोलका घर–घरमा पुग्दा कार्यालय सम्म जान नसक्ने जेष्ठ नागरिक, एकल महिला, लोपउन्मुख हायु जाती लगायतका नागरिकहरु निकै खुसी देखिन्छन् ।

आफ्नै गाउँमा भत्ता पाएपछि बिर्ताका राम बहादुर हायुले खुसी हुँदै भन्नुभयो– ‘चार–चार महिनामा पैसा लिनको लागि दिन माया मारेर पैसा खर्च गरेर वडा कार्यालय सम्म जानु पथ्र्यो, अहिले हामीले त्यो झन्झट बेहोर्नु पर्दैन् । हाम्रा लागि यो भन्दा खुसी अरु के हुन्छ र ?’

सडक खन्नु मात्रै विकास हैन, नागरिकका स–साना समस्यालाई समधान गर्न सक्यौ भने त्यस्ता कामले नागरिकहरु निकै खुसी हुने रहेछन् वडाध्यक्ष समिरि कार्कीले भन्नुभयो, ‘ त्यहि खुसी हामीलाई काम गर्ने उर्जा बन्दो रहेछ ।’

गाउँमा भत्ता लिएर जाँदा सम्बन्धित व्यक्तिले नै पैसा पाउँने भएकाले त्यो पैसाले उनिहरुलाई निकै सहयोग पुग्ने वडाध्यक्ष कार्कीको भनाई रहेको छ । यसले भत्ताको सहि सदुपयोग हुने पनि वडाध्यक्ष कार्कीको विश्वास रहेको छ । आफू निर्वाचित भएर आए देखि नै निरन्तर रुपमा गाउँमै गएर सुरक्षा भत्ता दिइएको र यसलाई निरन्तरता दिने उहाँको भनाई रहेको छ ।

करिव साँढे एघार सय सामाजिक सुरक्षा लिने मध्ये सात सय ३३ जना लोपउन्मुख हायु जाती रहेको वडा सचिब उत्तम कार्कीले बताउनुभयो । विभिन्न टोलमा लगिने एक चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न एक हप्ता लाग्ने बताउनुभयो । विभिन्न टोलमा राखिएको भत्ता वितरण सिविरमा आउन नसक्ने अशक्तहरुको घरमै गएर वितरण गरिएको पनि सचिब कार्कीको भनाई रहेको छ ।

वडा कार्यालयबाट टाढा रहेका बस्तीहरुमा वडाबाट प्रवाह हुने सेवा लिएर प्रत्येक एक महिनामा वडाध्यक्ष र आफू सहितको टोली गाउँमै गएर विभिन्न सेवा समेत दिने गरेको सचिब कार्कीले बताउनुभयो ।

Share1509Tweet44Share12

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

२ चैत्र २०७६, आईतवार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

२ चैत्र २०७६, आईतवार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

२ चैत्र २०७६, आईतवार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

२ चैत्र २०७६, आईतवार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

२ चैत्र २०७६, आईतवार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

२ चैत्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.