रामेछाप नगरपालिकाले भंगेरीमा रहेको सामुदायिक आवास भवनलाई केहि समयको लागि क्वारेन्टाइन वार्डमा परिणत गर्ने भएको छ। विश्वभर तिव्र रुपमा फैलिई रहेको कोरोना भाइरस कोडिभ–१९ को संक्रमणलाई मध्येनजर गर्दै नगरपालिकाले १० वेडको क्वारेन्टाइन कक्ष बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकामा मंगलबार आकस्मिक बैठक बसी उक्त निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै नगरपालिकामा कार्यरत सबै कर्मचारीकहरुको चैत्र महिनाको १० प्रतिशत पारिश्रमिक कटौती गरी स्थानीय विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । यसरी जम्म गरिएको रकम कोरोना भाइरसका बिरामीको उपचारका लागि खर्च गरिने छ ।
यो बारेमा तपाईको प्रतिकृया