रामेछप– लकडाउनको समयमा कतिपय एकल महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई दैनिक जीवन यापन गर्न अफ्टेरो भईरहेको बेला रामेछाप नगरपालीकाले उनिहरुको सहजताका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । नगरका एकल महिला, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक भोक–भोकै बस्न नपरोस भन्दै वडा कार्यालयहरुले सम्बन्धित नगरबासीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो ।कातिपय स्थानीय तहहरु राहत वितरणका कारण विवादमा पर्दै आएका र रामेछाप नगरले पनि राहत वितरण गर्ने तयारी गरिरहेको बेला नगरपालिकाले नगरका सबै बडाका लागि रकम निकासा गरिसकेको छ । यस अघि हरेका चार–चार महिनामा चौमासिक भत्ता उपलब्ध गराउँदै आएको नगरपालिकाले यस पटक चैत्र महिना र बैशाख महिनाको भत्ता २ महिना अघिनै उपल्ब्ध गराउन थालेसँगै सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई लकडाउनमा केही समस्या समधान हुने विश्वास गरिएको छ ।
अत्याबश्यक बर्गका लागि मात्र राहत वितरणको प्रक्रिया अघि बढ्दा सोचेभन्दा बढि सर्वसाधारणको अपेक्षा राहत केन्द्रित देखिएपछि रामेछाप नगरपालिकाले लक्षित बर्गको लागि २ महिना बापतको एक करोड ५० लाख रुपैयाँ रकम निकासा गरेको छ । जस अन्र्तगत नगरका बडा न ६ को ओखेनी, वडा नं ७ को सुकाजोर र वडा नं ८ को रामेछापले भने उक्त घर– घरमा पुर्याएर वितरण गरीसकेको छ ।
लकडाउनका कारण घर बाहिर निस्कन नपाएका सर्वसाधारणलाई लक्षित गरी चलाईएको अभियानले समस्यामा परेका नागरिकलाई थोरै भएपनि राहत पुग्ने वडा नं ६ का वडाध्यक्ष धन बहादुर खड्काले बताउनुभयो । विगत बर्ष देखिनै घर– घरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेर सबैका लागि प्रेरणाका श्रोत बन्दै आउनुभएका वडा नं ७ का वडा अध्यक्ष समिर कार्काीले आफ्नो वडाका घरमा पुगेर भत्ता वितरण गरीसकेको बताउनुभयो ।
लोपउन्मुख हायु जातिको बाक्लो बसोबास रहेको सुकाजोरमा घरमै पुगेर उपलब्ध गराईएको सामाजिक सुरक्षा भत्ताले घरभित्रै बसेका नागरिकलाई धेरै सहयोग पुग्ने वडाध्यक्ष कार्कीलै बताउनुभयो । लकडाउनलाई पूर्ण पालना गर्दै साबुनपानीले हात धुन लगाएर स्यानीटाइजर प्रयोग गरेर मात्र भत्ता उपलब्ध गराईएको पनि वडाध्यक्ष कार्कीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया