रामेछाप– मन्थली नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकालाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पार गरी सामाजिक सुरक्षा भत्ता लिई रहेका दुई सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।
वडा कार्यालय नजिक गरिएको कार्यक्रममा ७० वर्ष नाघेका महिला जेष्ठ नागरिकलाई फरिया–चोलो उपलब्ध गराउँदै पछेउरा ओढाएर सम्मान गरिएको छ भने पुरुष जेष्ठ नागरिकलाई दौरा सुरुवालको साथमा ढाका टोपी लगाएर सम्मान गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष केशव रोक्काको अध्यक्षता भएको कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुम एवं जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेतले सम्मान कार्यक्रमले स्थानीय जनप्रतिनिधि र जेष्ठ नागरिकबीचमा भेट गराउनुका साथै जेष्ठ नागरिकहरुको समस्या बुझ्न थप सहयोग पुगेको बताउनुभयो । नगर प्रमुख बस्नेतले जेष्ठ नागरिकहरुका लागि आगामी वर्षहरुमा पनि प्याकेजमै कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष केशव रोक्काले सम्मानित व्यक्तिहरुले विगतमा समाजलाई पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गरेको बताउनुभयो । आगामी दिनमा पनि वडा कार्यालयले जेष्ठ नागरिककहरुको अपेक्षा अनुसारनै कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, मन्थली नगरपालिकाको न्यायिक समितिका सदस्य एवं वडा नं ३ का वडा सदस्य नारायण बोगटी, वडा सदस्यहरु क्रमशः तुल बहादुर बस्नेत, बिमला रम्तेल, भिममाया श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सम्मानित भएका व्यक्तिहरुले आफैले चुनाव जिताएर पठाएका स्थानीय सरकारका जनप्रतिनिधिले गाउँमै आएर सम्मान गर्दा आफूहरुलाई निकै खुसी लागेको बताएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया