Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको भालुखोपमा सामुदायिक होमस्टे संचालनमा

नेपाल अभियान नेपाल अभियान
१ श्रावण २०७७, बिहीबार
in स्थानीय सरकार
0
194
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नगरभित्र रहेका पर्यटकिय स्थलहरुको खोजी कार्य गर्ने देखि प्रचार प्रसार गर्दै आएको नगरपालिकाले पर्यटकहरुका लागि स्थानीय स्तरमै उत्पादित खाना खुवाउने र बस्नको लागि होमस्टे पनि संचालनमा ल्याएको छ ।

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ को संगम स्थल भालुखोपमा ‘भालुखोप सामुदायिक होमस्टे’ संचालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ । ‘भालुखोप नगरपालिकाको मात्रै नभएर जिल्लाकै नमूना पर्यटकिय स्थल हो, त्यसैले हामीले पर्यटकहरुका लागि आवश्यक पर्ने आधरभूत कुरा देखि संरचना निर्माण सम्मका कामहरु गर्दै छौँ, नगर प्रमुख नर बहादुर थापामगरले भन्नुभयो, ‘सामुदायिक होमस्टे संचालन देखि भिउ टवार बनाउने सम्मका कामले अहिले तिब्रता पाइरहेको छ ।’

आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम अनुसार नगरपालिकामा रहेका सामुदायिक होमस्टेलाई प्रवद्र्धन गर्ने गरी होमस्टे संचालनका लागि तालिमसँगै भालुखोप सामुदायिक होमस्टेलाई आवश्यक सामग्री समेत उपलब्ध गरइएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले बताउनुभयो । पर्यटकीय स्थलको रुपमा रहेको भालुखोप डाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने उद्देश्यले संचालनमा ल्याइएका ९ ओटा होमस्टेलाई ९ थान ग्याँस सिलिन्डर, ९ थान चल्हो, ९ थान भट्टी चुल्हो, ९ थान मम पकाउने भाँडो, ९ थान फ्रई पेन, ९ थान फिल्टर, ६३ थान चरेसको थाल र ६३ थान चरेसको कचौरा उपलब्ध गराईएको पनि पौडेलले बताउनुभयो ।

होमस्टे संचालनको लागि नगरपालिकाले दिएको तालिम र उपलब्ध गराईएको विभिन्न प्रविधिहरुले आफूहरुलाई व्यवसाय संचालनको लागि उत्साहित बनाएको भालुखोप सामुदायिक होमस्टेका अध्यक्ष लाल बहादुर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो– ‘भालुखोप डाँडामा यस अघि देखि नै पर्यटकहरु आउने गर्थे तर हामीसँग सिप र पूर्वधार नभएको कारण चाहे जस्तो सेवा दिन सकेका थिएनौँ, अहिले होमस्टे संचालनको लागि दर्ता प्रक्रिया देखि स्थानीय स्तरमै उत्पादित खाना बनाउने सम्मका तालिम पाएपछि हामीलाई धेरै सहज भएको छ ।, यसले यहाँको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्छ ।’

भालुखोप सामुदायिक होमस्टे संचालनमा आएपछि अन्य होटलको भन्दा सस्तो मूल्यसँगै आर्गनिक खाना खुवाउन सकिने पनि अध्यक्ष तामाङले बताउनुभयो । अध्यक्ष तामाङले भालुखोपबाट देखिने मनोरम दृष्य अवोलकन गर्न आउने पर्यटकहरुलाई आफूहरुले दिने सेवा एक पटक लिएर सुझाव दिन आग्रह समेत गर्नुभयो ।

Share156Tweet16Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१ श्रावण २०७७, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१ श्रावण २०७७, बिहीबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१ श्रावण २०७७, बिहीबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१ श्रावण २०७७, बिहीबार
मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न
समाचार

मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न

१ श्रावण २०७७, बिहीबार
मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण
समाचार

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

१ श्रावण २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.