Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडाले नि:शुल्क बाख्रा दिए पछि महिलाहरू खुसीले दंग

उमङ्ग मैनाली उमङ्ग मैनाली
२१ बैशाख २०७६, शनिबार
in समाचार, स्थानीय सरकार
0
35
SHARES
Share on FacebookShare on Twitter

२० बैशाख, २०७६

रामेछाप– सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने मुल नारा लिएर आएको स्थानीय सरकारले गाउँ–गाउँमा कम आर्थिक अवस्था भएका सर्वसाधरणहरूलाई लक्षित गरी आयआर्जनमूलक कार्यक्रमहरू गर्दै स्थानीयको मन जित्न थालेका छन् । शुक्रबार मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीले अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेको छ । महिला तथा अपांग जीविकोपार्जन तथा क्षमता विकास कार्यक्रम संचालन समिति मन्थली–७ भटौलीको आयोजनामा वडा भित्रका ८ जना अपाङ्गता भएका महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । वितरण गरिएका बाख्राको बिमा समेत गरिएको छ ।

वडा कार्यालयले आफूहरूलाई निशुल्क बाख्रा दिएर स्थानीय सरकार गाउँमै आएको अनुभव भएको ज्ञानु सार्कीले बताउनुभयो । उहाँले आफूहरू वडा कार्यालयबाट पाएका बाख्राबाट पाठा उत्पादन गरेर वडाका अन्य महिलाहरू पनि दिने बताउनुभयो ।

बाख्रा बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुदर्शन प्रसाईँले यो कार्यक्रम क्रमागत कार्यक्रम भएको हुँदा यसको प्रतिफल राम्रो भए आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताउनु भएको छ । त्यस्तै संचालन समितिका सचिव कविता श्रेष्ठले मन्थली नगरपालिका–७ नं. वडा भटौलीको आर्थिक सहयोगमा भएको यो कामले महिलाको जीविकोपार्जनमा थप सुधार आउने विश्वास ब्यक्त गर्नुभयो । संचालन समितिका सचिव कविता श्रेष्ठको अध्यक्षता तथा मन्थली– ७ का वडा अध्यक्ष सुदर्शन प्रसाईँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share14Tweet9Share2

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२१ बैशाख २०७६, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२१ बैशाख २०७६, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२१ बैशाख २०७६, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२१ बैशाख २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२१ बैशाख २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२१ बैशाख २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.