रामेछाप, १० माघ । पटक–पटक सूचना जारी गर्दा पनि सार्वजनिक स्थलमा निर्माण गरिएका घर टहरा सम्वन्धित घर धनिले नभत्काएपछि शनिवार देखि नगरपालिका आफैले घर टहरा भत्काउन सुरु गरेको छ ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत आफै खन्ती र कोदालो लिएर घर भत्काउन निस्कनु भएको थियो ।
ति घरहरु डोजर लगाएर भत्काइएको भएपनि भत्काउने क्रममा थिचिएका र च्यापिएका काठपात निकाल्न र गाडिमा लोड गर्न नगर प्रमुख बस्नेत आफै सकृय रुपमा खटिरहनु भएको थियो ।
सार्वजनिक घर टहरा भत्काउने क्रममा शनिवार देवकोटा चोकमा रहेको र विपी चोकमा रहेको २ वटा घर भत्काइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया