रामेछाप,२० माघ । उमाकुण्ड गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकरा र लेखापाल राजन गुरागाँई बीच चेक च्याताच्यात भएको छ ।
बुधवार वेलुकी कार्यालयमा रहेर काम गर्दे गरेको अवस्थामा लेखापाल गुरागाँईले तोक फायल विनाको ठाँडो चेक सहि गर्न गरेको अनुरोधलाई अधिकृत पैकराले अस्विकार गरेपछि गुरागाँईले चारवटा चेक च्यातेर डस्विनमा फालि दिएपछि उक्त घटना बाहिर आएको थियोे ।
कर्मचारीको दैनिक भ्रमण भत्ता, इन्धन र कर्मचारीहरुले पाउनु पर्ने रकम मागको आधारमा लेखापाल गुरागाँइले प्रमुख प्रशासकिय अधिकृत समक्ष कागजात पेश गरेका थिए । यसरी तोक बिनाको चेक काटेको बिषयलाई लिएर प्रमुख प्रशासकिय अधिकृत पैकराले लेखापाल गुरागाँईलाई तोकै नलागाएको चेकमा आफुले सहि नगर्ने बताएपछि दुई पक्ष विच विवाद हुँदा लेखापाल गुरागाँईले े चेक च्यातेर फालि दिएका थिए ।
अधिकृतसँगको बिवादको बिषयमा लेखापाल गुरागाँईसँग सम्र्पक गर्दा उनले भने– केही कर्मचारीको दैनिक भ्रमण भत्ता र कार्यपालिकाका एक जना सदस्यको रकम दिन बाँकी रहेछ । उक्त रकम उनीहरुले पछि कार्यालय प्रमुखको तोक लगाउने गरी मसँग निकासा गरिदिन माग गरे । त्यहि अनुसार चेक काटेर निमित्त प्रशासकिय प्रमुखकोमा लिएर गएँ । उहाँले सहि गर्न नमानेपछि विना बिवाद चेक क्यान्सिल गररे डस्विनमा फालिदिएको मात्र बताए ।
गोकुलगंगा गाउपालिकाको आलेप शाखाको दरवन्दिमा भएका गुरागाइले सो गाँउपालिका र उमाकुण्ड गाउपालिकाको लेखाशाखाको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
यता निमित्त अधिकृत पैकरासँग सम्र्पक गर्दा उनले बुधबार साँझ लेखापाल गुरागाँईले आफुले फायल तोकै नलगाएको न्युनतम् रकमका चारवटा चेकमा सहि गरिदिन अनुरोध गरेको र आफुले तोक नलगाएको चेकमा सहि नगर्र्ने अडान लिएपछि चेक च्यातेर डस्विनमा हालेर कार्यकक्षबाट वाहिरिएको बताउनु भयो । त्यस वाहेक आफुहरुको विच अरु विषयमा कुनै पनि विवाद नरहेको पनि उहाले बताउनुभयो ।
यस बारेमा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार संग सम्पर्क गर्दा उहाँले बुधबार आफु कार्यालय समय पछि कार्यालय बाट बाहिरी सकेको अवस्थामा साँझ काम गर्दै गर्दा दुई जना विच सामान्य विवाद मात्र भएको आफुले थाहापाएको बताउनु भयो ।
साँझ आफुले तोक नलगाएको चेकमा प्रशासकिय अधिकृतले सहि गर्न नमानेपछि लेखापाल गुरागाईले आफुले काम गर्न सक्ने अबस्था नभएको भन्दै वाहिरीएको र प्रशासकिय अधिकृत पैकराले पनि आफुले तोक नलगाएको चेकमा सहि गर्न नमानेको कुराको जानकारी फोन मार्फत छुट्टा छुट्टै पाए पछि मात्र आफुले थाहा पाएको जानकारी बताउनुभयो । सोहि आधारमा दुवै जनालाई मिलेर विज्ञप्ती जारी गरेर काममा फर्कन पनि आफुले आग्रह गरीसकेको र त्यस खालको समस्या पालिकामा नभएको समेत उहाले दावि गर्नु भयो ।
यो बारेमा तपाईको प्रतिकृया