२ असार, २०७६
मन्थली– रामेछापको मन्थली नगरपालिकामा चलिरहेको नगर कार्यपालिकाको बैठकमा कार्यपालिकाका सदस्यहरूले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई हातपात गर्दा नगर प्रमुख रमेश कुमार बस्नेत सामन्य घाइते हुनु भएको छ ।
सोमबार दिउँसो कार्यपालिकाको बैठक चलिरहेकै बेलामा प्रमुख प्रशासकिय अधिकृत टेक कुमार रेग्मी र आफू माथि आक्रमण भएको सोमबार साझ नै पत्रकार सम्मेलन गरी नगर प्रमुखले जानकारी गराउनुभएको छ ।
गत आ ब २०७४/७५ को भुक्तानी हुन बाँकी योजनाका सम्बन्धमा बिधि र प्रकृयाका बारेमा छलफल भइरहदा आफ्नो वडाको भुक्तनी हुन बाँकी सबै रकम दिनुपर्ने माग राख्दै वडा नं ५ का वडा अध्यक्ष राम बहादुर कार्की, वडा नं १२ का वडा अध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धब रम्तेलले एक्कासी कुर्सी पानीको बोतल, नेप प्लेट र चियाको ग्लासले हिर्काउदा आफ्नो टाउकोमा चोट लागेर रक्क्त श्राव भएको नगर प्रमुख बस्नेतले जानकारी गराउनुभयो ।
नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतद्वारा हस्तक्षरित बिज्ञप्तीमा वडा नं ५ को गत आ.ब २०७४/७५ मा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी गर्न बाँकी भएकोमा नगर कार्यपालिकाबाट नगरसभा सदस्य श्री नारायण बोगटीको संयोजकत्वमा स्थलगत निरिक्षण गरी प्रतिबेदन पेश गर्न गठित ५ सदस्यीय समितिले पेश गरेको प्रतिबेदन उपर छलफल गरी भुक्तानी हुन बाँकी योजना तथा कार्यक्रमको बिधि र प्रकृया तथा मौजुदा कानुनको परिपालना हुने गरी कसरी भुक्तानी गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहँदा कार्यपालिकाका केही सदस्यहरुले जसरी भएपनि तत्काल भुक्तानी दिनुपर्ने जिकिर गर्नु भएको र पेश भएको प्रतिबेदनमा भुक्तानी दिन सकिने वा नसकिने स्प्रष्ट उल्लेख नभएको बिषयबस्तुमा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालयका अन्य कर्मचारीहरुको राय पेश हुने क्रममा एक्कासी आक्रमण भएको उल्लेख छ ।
प्रेस विज्ञप्तीमा असोभनिय र अमानबिय घटना भएको प्रति नगर कार्यपालिका परिबार गहिरो खेद ब्यक्त गर्दै आगामी दिनमा यस प्रकारको घटनाहरु नदोहोरियोस भन्नको खातिर सबैमा ध्यानाकर्षण गराइएको कुरा पनि उल्लेख छ ।
पत्रकार सम्मेलनमा कसैले आक्रमण गर्ने, बल देखाउने, धम्की दिने र गरे पनि आफू कुनै हालतमा बिचलित नभइ मन्थली नगरपालिकालाई नीति र बीधि भित्र रहेर मात्र अगाडि बढाउने कुरा पनि नगर प्रमुख बस्नेतले बताउनुभयो ।
आफू मथि आक्रमण भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै नगर प्रमुख रमेश कुमार बस्नेत :
यो बारेमा तपाईको प्रतिकृया